Monday, August 31, 2026
spot_img
spot_img

भोटेकोशी बाढीः ‘बीमा दाबी भूक्तानीको काम ‘फास्ट ट्रयाक’मा गर्छौं, निर्देशन कुरेर बस्दैनौँ’

spot_img

बीमा भनेको जोखिम बहनका लागि गरिन्छ । कुनै विपद् आउँछ कि, त्यसबाट क्षति हुन्छ कि भनेर त्यसको जोखिम बहन गर्नका लागि बीमा गरिने भएकाले यसको महत्व बढी छ । हालैको प्रलयकारी बाढीले रसुवा, धादिङ, नुवाकोट लगायतका जिल्लामा ठूलो जनधनको क्षति गरेको छ, यस बाढीले गरेको क्षति बापत बीमा कम्पनीहरुले व्यवस्थित रुपमा दाबी भूक्तानी गर्नेछन् ।

विगतका घटनाहरुमा पनि निर्जीवन बीमा कम्पनीहरुले व्यवस्थित रुपमा समयमै बीमा दाबीको भूक्तानी दिएका थिए । यसपटक पनि कम्पनीहरुले ‘फास्ट ट्रयाक’बाट दाबी फर्छयोट गर्नेछन् । बिमितले दाबी गर्नासाथ कम्पनीहरुले स्वतः काम अघि बढाउँछन्, सरकार वा बीमा प्राधिकरणको अतिरिक्त निर्देशन कुरेर हामी बस्दैनौँ । यद्यपी, प्राधिकरणबाट यस्तो विपत्तिको समयमा दाबी भूक्तानी प्रक्रियालाई सरलीकरण गर्नका लागि कुनै सहज मापदण्ड आइदियो भने थप सहज हुन्छ ।

‘ठूला ठूला पोलिसीको रि–इन्स्योरेन्स पोलिसी विदेश पठाउनैपर्छ’

नेपालका निर्जीवन बीमा कम्पनीहरुले जोखिम बहन गर्न सक्ने क्षमताका आधारमा स्वदेशी र विदेशी कम्पनीमा रि–इन्स्योरेन्स गरेका हुन्छन् । अहिले नेपालमा दुइ वटा रि–इन्स्योरेन्स कम्पनी छन्, तिनलाई निश्चित प्रतिशत रि–इन्स्योरेन्स दिएर हामीले बाँकी विदेशी कम्पनीमा पनि पठाएका हुन्छौँ । नेपालमा रि–इन्स्योरेन्स कम्पनी नआउँदा सबै रि–इन्स्योरेन्स विदेशी कम्पनीमा हुन्थ्यो ।

अहिले नेपालमा हिमालय रि–इन्स्योरेन्सभित्र समस्या देखिएको भन्ने कुरा छ, जसका कारणले उसले दाबी भूक्तानी दिन नसक्ने पो हो कि भन्ने चिन्ता पनि छ । नेपाल रि–इन्स्योरेन्सको हकमा भने खासै समस्या छैन ।

जलविद्युत आयोजना, हेलिकप्टर तथा जहाजहरुको बीमा बापतको रि–इन्स्योरेन्स विदेश पठाउनैपर्छ । बीमा भनेको जोखिम बहन सँगसँगै जोखिम ट्रान्सफर गर्ने विषय पनि हो । यसकारण सबै जोखिम स्वदेशभित्र वा एउटै देशमा मात्रै राख्नु हुँदैन । हामीले बारम्बार यो कुरा भन्दै आएका पनि थियौँ, भोटेकोशी बाढीले अझ बढी यो विषय बुझाइदिएको छ ।

‘अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्सले सर्भेयर खटाउन सक्छन्’

अहिले मानवीय क्षति ठूलो भएको छ । मानवीय क्षति बाहेक पनि सामान्य एकाध गाडी तथा घरहरु मात्रै बाढीमा परेका छैनन् । सयौँ घर तथा आवास, होटल तथा रिसोर्ट, सयौँ गाडीहरु (आयात हुँदै गरेका र चलिरहेका) बाढीमा परेका छन् ।
यसका साथै दर्जन बढी जलविद्युत आयोजनाहरु क्षतिग्रस्त भएका छन् । तिनको क्षतिको मूल्याङ्कन हुनै समय लाग्छ ।

मूल्याङ्कन पश्चात हाइड्रोपावर कम्पनीहरुबाट ठूलो बीमा दाबी पर्ने देखिएको छ । कम्पनीहरुले स्वदेशी बीमा कम्पनीहरुमा दाबी गर्नासाथ हामीले रि–इन्स्योरेन्स कम्पनीलाई यसबारे जानकारी गराउँछौँ । ठूलो दाबी परेको खण्डमा अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स कम्पनीहरुले आफ्नै सर्भेयर पनि खटाउन सक्छन् ।

तर, यो राष्ट्रिय विपत्तिको बेलामा बीमा कम्पनीहरुले कुशलतापूर्वक जिम्मेवारी पूरा गर्नेछन् । दाबी भूक्तानी प्रक्रियामा कम्पनीहरुले कुनै बिलम्ब गर्ने छैनन् । हाम्रा इन्स्योरेन्स कम्पनीहरु यसका लागि सक्षम पनि छन् ।

(नेपाल चेम्बर अफ कमर्स र निर्जीवन बीमा व्यवसायी संघका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लसँगको कुराकानीमा आधारित)

यो पनि : भोटेकोशी बाढीः खर्ब नजिकको बीमा दाबी पर्ने आँकलन, कति तयार छन् कम्पनीहरु ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...

पशुपति रिन्यूएबल्सको साधारणसभा आह्वान, १०.३४ प्रतिशत लाभांश प्रस्ताव

पशुपति रिन्यूएबल्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

 नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडको साधारणसभा सम्पन्न, २.५ प्रतिशत बोनस सेयर पारित

नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड (एनडीपी)को दोस्रो वार्षिक साधारणसभा आइतवार...

निफ्राको लाभांश घोषणा

नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्राले लाभांश घोषणा गरेको छ ।...

मुक्तिनाथ म्युचुअल फण्ड १ को लाभांश घोषणा

मुक्तिनाथ क्यापिटलले संचालन गरेको मुक्तिनाथ म्युचुअल फण्ड १ ले...