आज मंगलबार पनि सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ५ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार ४ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ७ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८५ रुपैयाँ तोकिएको छ ।










