Saturday, July 11, 2026
spot_img

१०० मेगावाटसम्मको हाइड्रो र ५० मेगावाटसम्मको सोलार आयोजना खोज्दै शिखर इन्स्योरेन्स

spot_img

शिखर इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको समेत लगानी रहेको व्हाइट लोटस पावरले हाइड्रो र सोलार निर्माणको लागि उपयुक्त आयोजना खोजिरहेको जनाएको छ। दुवै कम्पनीले आज इच्छुक आयोजनाधनीलाई संयुक्त सूचना जारी गरेको हो।

कम्पनीले आरओआर, पीआरओआर, वा रिजर्भोएर खालको ३० मेगावाटदेखि १०० मेगावाट हाइड्रो आयोजना खोजेको हो। त्यस्तै १० मेगाबाटदेखि ५० मेगावाटसम्मको सोलार आयोजना खोजेको हो । कम्पनीले सोलार आयोजनाको हकमा जग्गा खरिद गरिसकेको वा लामो अवधिको लागि लिजमा लिएको वा लिन मिल्ने अवस्था भएको भनेको छ ।

हाइड्रोपावर तथा सोलार परियोजनाको हकमा परियोजनाको PPA सम्पन्न भइसकेको वा PPA सुनिश्चित भएको परियोजनालाई प्राथमिकतामा राखिने कम्पनीले जनाएको छ । उत्पादन अनुमतिपत्रको हकमा उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको वा प्रकृयामा गइसकेको हुनु पर्ने शर्त कम्पनीले राखेको छ ।

यी प्राविधिक मापदण्डमा पर्ने आयोजना भएका इच्छुक व्यक्ति वा संस्थाहरूले आफ्नो प्रस्तावित दस्तावेज शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड वा हृवाइट लोटस पावर लिमिटेडको कार्यालयमा, कार्यालय समयभित्र शिलबन्दी रूपमा पेश गर्न सकिने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार प्रस्तावित दस्तावेजमा आयोजनाले अहिलेसम्म प्राप्त गरेका सबै आवश्यक स्वीकृति तथा अनुमतिपत्रहरू, साथै हालको कार्यान्वयन स्थिति तथा प्रगतिबारे यथार्थ र विस्तृत विवरण समावेश गरिएको हुनुपर्नेछ । साथै, सबै कानूनी कागजातहरूको प्रतिलिपि पनि संलग्न गर्नुपर्नेछ । परियोजना कुनै किसिमको कानुनी विवाद वा समस्यामा नपरेको हुनुपर्नेछ ।

प्रस्तावित दस्तावेजहरू प्राप्त भए पश्चात, थप जानकारी लिन सम्बन्धित प्रस्तावदाता कम्पनीहरूलाई पूर्व सूचना दिइने कम्पनीले जनाएको छ। कुनै पनि प्रस्ताव कम्पनीको नीतिसँग मेल नखाएमा कम्पनीले त्यसलाई कारणसहित वा बिना कारण रद्द गर्न सक्ने कम्पनीले प्रष्ट पारेको छ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img