Sunday, November 9, 2025
spot_img

आइजीआई प्रुडेन्सियलद्वारा डा. भगवान कोइरालाको अस्पताललाई ३० लाख सहायोग

spot_img

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत Kathmandu Institute of Child Health (KIOCH) लाई आर्थिक सहयोग प्रदान गरेको छ । इन्स्योरेन्सले इन्स्टिच्युटलाई तीस लाख आर्थिक सहयोग प्रदान गरेको हो।

उक्त अवसरमा कम्पनीका अध्यक्ष  हेम राज ढकालले Kathmandu Institute of Child Health (KIOCH) का अध्यक्ष डा. भगवान कोइरालालाई चेक हस्तान्तरण गरेका छन्। उक्त अवसरमा कम्पनीका संचालक समितिका सदस्य राजेन्द्र सिंह भण्डारी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठको उपस्थिति रहेको थियो ।

कम्पनीबाट प्रदान भएको यो रकम बालबालिकाको उपचारमा विशिष्टिकृत सेवा प्रदान गर्ने गरी बाल स्वास्थ्य क्षेत्रमा विशेष योगदान पुयाउने उद्देश्य लिई स्थापना भएको Kathmandu Institute of Child Health (KIOCH) ले काठमाण्डौंको गोल्फुटार, बुढानिलकण्ठमा निर्माण गरिरहेको बाल अस्पतालको पूर्वाधार निर्माणमा खर्च हुने बताईएको छ ।

सोही अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत  युगेशभक्त बादे श्रेष्ठले Kathmandu Institute of Child Health (KIOCH) का व्यवस्थापन समूहलाई धन्यवाद दिँदै यस्तो पुण्य कार्यमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले सामाजिक उत्तरदायीत्व अन्तर्गत आर्थिक सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

जेन्–जी आन्दोलन: ‘गरिब राष्ट्र’बाट माथि उक्लिने यात्रामा ‘ब्रेक’ !

संयुक्त राष्ट्र संघले नेपाललाई सन् २०२६ को नोभेम्बरमा विकासशील...

नेप्सेमा बुङ्गल हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा बुङ्गल हाइड्रो लिमिटेडको शेयर सूचीकृत...

आईपीओको तयारीमा रहेको मारुती सिमेन्ट्सद्वारा १० प्रतिशत लाभांश प्रस्ताव

मारुती सिमेन्ट्स लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले मङ्सिर...

स्वावलम्बन लघुवित्तले ऋणपत्र निष्काशन गर्ने

स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र निष्काशन गर्ने भएको छ।...

कुन मूल्यमा भयो सागर डिस्टिलरीको पहिलो शेयर कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सागर डिस्टिलरी लिमिटेडको शेयर कारोबार...
spot_img
spot_img
spot_img