सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पोषकराज पौडेल पुनः प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले पौष ३० गतेदेखि लागू हुनेगरी पौडेललाई नै सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
कम्पनी सचिव दिप बहादुर बि.सी.का अनुसार उनलाई सञ्चालक समितिले आगामी चार वर्षका लागि सीईओमा निरन्तरता दिने निर्णय गरेको हो ।
पौडेल नेपाली बीमा क्षेत्रमा कुशल र अनुभवी व्यक्तिका रुपमा चिनिन्छन् ।













