Thursday, May 28, 2026
spot_img

विविध कार्यका गरेर रिलायवल नेपाल लाइफ इन्स्योरेन्स मनायो ८ औं वार्षिकोत्सव

spot_img
spot_img

रिलायवल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले ८ औं वार्षिकोत्सवको मनाएको छ। वार्षिकोत्सवको अवसरमा कम्पनीलेबीमा जागरण सहितको प्रभातफेरी लगायतका कार्यक्रम गरेको छ ।

कम्पनीले कर्मचारी तथा एडभाइजरहरु समेतको उल्लेख्य सहभागितामा केन्द्रीय कार्यालयवाट ज्ञानेश्वरवाट मैतिदेवि, डिल्लीवजार, पुतलीसडक, कृष्ण पाउरोटी हुँदै पुनः केन्द्रिय कार्यालय ज्ञानेश्वर सम्म बीमा जागरण सहितको प्रभातफेरी र अन्य शाखाहरुमा विभिन्न कार्यक्रमहरु गरी आठौं वार्षिक उत्सव भव्यताका साथ सम्पन्न गरेको जनाएको छ ।

कम्पनीका अनुसार महेन्द्रनगर, धनकुटा, लहान, भैरहवा शाखाहरुमा रक्तदान तथा स्थास्थ्य सिविर, राजविराज, चितवन, सुन्दर बजार, मिर्चैया शाखामा वृक्षारोपण, पुतलीबजार, विराटनगर, सुर्खेत, बुटवल, गोरखा, धनगढी, दमौली, वनेपा, इलाम, शाखाहरुद्धारा विद्यालयहरुलाई शैक्षिक सामाग्रीहरु तथा वृद्धाश्रममा खाध्य सामाग्रीहरु वितरण तथा सरसफाई समेत गरी मनाइएको छ ।

जीवन बीमा कारोबार शुरु गरेको ८ वर्ष पुरा गरी नवौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा कम्पनीप्रति विश्वास गरी बीमालेख खरिद गर्ने करिव ७० लाख बीमितहरु, नियमनकारी निकायहरु, कम्पनीको पहुँचलाई दुर दराज सम्म पु¥याउन अहं भूमिका खेल्ने रिलायबल एडभाइजरहरु, शेयरधनीहरु, अहोरात्र काम प्रति समर्पित कर्मचारी वर्गहरु, पत्रकार, लगायत समस्त सरोकारबालाहरुलाई कम्पनीले आभार व्यक्त गरेको छ।

हाल सम्मको उपलब्धीबाट थप कार्य गर्नको लागी उर्जा प्राप्त भएको तथा भविष्यमा अझ ठुलो जिम्मेबारी वहन गर्नको लागी थप प्रेरणा प्राप्त हुने अपेक्षा कम्पनीले व्यक्त जनाएको छ ।  अगाडी दिनमा सेवा उच्च प्राथमिकता राखी, थप ग्राहक मैत्री भई उत्कृष्ट कारोबार गर्ने प्रतिवद्दता कम्पनीले व्यक्त गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ५७ करोड बराबर नाफा आर्जन गरेको छ । त्यसैगरी कम्पनीले नेपाल बीमा प्राधिकरणले तोकेको न्यूनतम चुक्ता पूँजी पुरा गरी हाल रु. ५ अर्व १९ करोड भएको छ । कम्पनीले कुल लगानी गत आर्थिक वर्षको अन्त्यमा रु. २० अरबको हाराहारीमा रहेको छ भने गत आ.व. मा कम्पनीले रु. १ अर्व ४३ करोड दाबी भुक्तानी प्रदान गरेको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४ गते हुने

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारणसभा जेठ २४...

इप्पानद्वारा वन मन्त्रीसमक्ष निकुञ्जले रोकेका जलविद्युत आयोजनाबारे ध्यानाकर्षण

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले लाङटाङ राष्ट्रिय निकुञ्जको...

चेम्बर अध्यक्ष अग्रवाल र साउदी राजदूत मनिकरबीच छलफल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवाल र...

डीडीसीमा सीआईबीले छापा हान्यो

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) दूग्ध विकास संस्थान...
spot_img