Friday, May 23, 2025
spot_img

दुई वटा बीमा कम्पनीले हकप्रद निष्काशन अनुमति माग गर्दै धितोपत्र बोर्डमा दिए आवेदन

spot_img

दुई वटा बीमा कम्पनीले हकप्रद निष्काशनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन्। एशियन लाइफ इन्स्योरेन्स र प्रभु इन्स्योरेन्सले बोर्डमा आवेदन दिएका हुन् ।

एशियन लाइफ इन्स्योरेन्सले जेठ २३ गते र प्रभु इन्स्योरेन्सले असार १९ गते बोर्डमा आवेदन दिएको हो । एशियन लाइफले हाल कायम चुक्ता पुँजीको १:०.४२ अनुपातमा ४२ प्रतिशत हकप्रद शेयर र प्रभु इन्स्योरेन्सले १:०.५०१५ को अनुपातमा ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशनको अनुमति माग गरेको हो ।

बोर्डबाट अनुमति पाएपछि एशियन लाइफले १ करोड ४२ लाख ७९ हजार ३ सय १२ दशमलव ४८ कित्ता हकप्रद शेयर र प्रभु इन्स्योरेन्सले ८३ लाख ५० हजार १ सय ३५ दशमलव ४४ कित्ता हकप्रद शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि एशियन लाइफले मुक्तिनाथ क्यापिटल र प्रभु इन्स्योरेन्सले एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ ।

यी बाहेक एनएलजी इन्स्योरेन्स, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स, नेको इन्स्योरेन्स, र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले यस अघि नै हकप्रद निष्काशनको लागि बोर्डमा आवेदन दिइसकेका छन् ।

spot_img

- Advertisement -

spot_img
spot_img

सान्भी इनर्जी लिमिटेडको आईपीओ आजदेखि

सान्भी इनर्जी लिमिटेडले आज जेठ ९ गतेबाट सर्वसाधारणका लागि...

सर्वाधिक बिजुली प्रयोग गर्ने र नियमित महशुल तिर्ने ग्राहकलाई विद्युत प्राधिकरणको सम्मान

नेपाल विद्युत प्राधिकरणले उल्लेख्य मात्रामा विद्दुत खपत गर्ने र...

बैंकर्स संघले भेट्यो नवनियुक्त गभर्नर

नेपाल बैंकर्स संघले नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा....

आईएमई लाइफका बिमित, अभिकर्ता र कमर्चारीलाई रोजगारमुखी तालिममा ५० प्रतिशतसम्म छुट

आईएमई लाइफ इन्स्योरेन्सका बीमित, अभिकर्ता तथा कर्मचारीहरुले काठमाडौँ टेक्निकल...

चामल, तेल र दाल उद्योगलाई करमा सहुलियत प्रदान गर्न उद्योगीको माग

नेपाल चामल, तेल, दाल उद्योग संघले दैनिक उपभोग्य वस्तु...

नबिल बैंकको मोबाइल बैंकिङ एपमार्फत ‘हाम्रो पे’ वालेटमा पैसा लोड गर्न सकिने

मोबाइल एप हाम्रो पात्रोको डिजिटल वालेट ‘हाम्रो पे’ र...
spot_img