नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा निलम्बनमा परेका छन्। आज बसेको मन्त्रिपरिषद्को बैठकले ओझाको योग्यता माथि छानविन गर्न समिति गठन गरेसंगै ओझा निलम्बनमा परेका हुन्।
सरकारले पूर्वन्यायाधीश कृष्ण गिरीको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरेको हो ।
ओझा माथि योग्यताबारे फर्जी कागजात पेश गरेर अध्यक्ष नियुक्त भएको आरोप लाग्दै आएको थियो। ओझाको योग्यता विवादबारे सर्वोच्चमा पनि मुद्दा विचाराधिन छ ।










