spot_img

महिला आर्थिक पत्रकारका लागि बीमा सम्बन्धी एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न

spot_img

महिला आर्थिक पत्रकारहरुका लागि बीमा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार महिला आर्थिक पत्रकार संघ (फेजा) ले नेपाल बीमा प्राधिकरणको सहयोगमा बीमा सम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदीले आर्थिक पत्रकारका लागि बीमा विषय महत्वपूर्ण बन्दै गएकाले उनिहरुको क्षमता बढाउनुपर्ने आवश्यकता औल्याउदै यो कार्यक्रमको आयोजना गरिएको बताए ।

धेरै जसो सतही समाचार आउने हुँदा भोलीका दिनमा बीमाका महत्वपूर्ण विषयलाई समेत बाहिर ल्याउन महिला पत्रकारहरुले भूमिका खेल्ने विश्वास उनले व्यक्त गरे । सञ्चार माध्यमहरुमा आउने समाचारहरुलाई लिएर बीमा क्षेत्रका काम गर्ने व्यक्तिहरुले समेत आफ्नो धारणा बनाउने गरेकाले अध्ययनपछि मात्र सत्यतथ्य समाचार वाहिर ल्याउनुपर्ने उनको भनाई छ । प्राधिकरणले महिला आर्थिक पत्रकारहरुलाई बीमाका विषयमा बुझाउने दायित्व बोध गर्दै आगामी दिनमा पनि प्राथमिकताका साथ विभिन्न कार्यक्रमको आयोजना गरिने बताए ।

फेजाकी अध्यक्ष शर्मिला ठकुरीले यस कार्यक्रमबाट बीमा विषयमा समाचार लेखिरहेका महिला पत्रकारहरुको क्षमता अभिबृद्धि हुने बताईन्। समग्र बीमा क्षेत्रका विषय उठान गर्न र यस क्षेत्रको समस्या तथा चुनौति पहिचान गर्न यो प्रशिक्षण कार्यक्रमले सहयोग गर्ने भनाई उनको छ । ठकुरीले आगामी दिनमा महिला आर्थिक पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि प्राधिकरणले निरन्तर सहकार्य गर्नेे विश्वास व्यक्त गरिन्।

२५ जना महिला पत्रकारहरु सहभागी प्रशिक्षण कार्यक्रमको सहजीकरण प्राधिकरणका उपनिर्देशकहरु केशव दाहाल, राम कोँजु, सन्तोष कार्की र निर्मला मल्लले गरेका थिए । उपनिर्देशक श्रेष्ठले जीवन र निर्जीवन बीमा व्यवसायका लागि तयार गरिने बीमालेखका निर्माण प्रक्रियाका सम्बन्धमा प्रष्ट पारेका थिए ।

त्यस्तै उपनिर्देशक कोँजुले जीवन तथा निर्जीवन बीमालेख र दाबी भुक्तानीका विषयमा थप जानकारी दिए । उनले बीमालेख जारी गर्ने कम्पनीनै बीमा गर्न पछि परेको अवस्थालाई समेत उल्लेख गरे । बीमा लगानी नभएर सुरक्षा रहेको समेत कोँजुले बताए ।

अर्का उपनिर्देशक कार्कीले एनएफआरएसको विषयमा जानकारी दिएका थिए । उनले बीमा सम्झौताको लेखाप्रणालीलाई एकरुपता कायम गर्न एनएफआरएस लागू गरिएको बताए । नेपालभित्र र अन्तराष्ट्रिय स्तरमा बीमा कम्पनीहरुको वित्तीय विवरणको तुलनात्मकता सुधार गर्न एनएफआरएसले आवश्यक रहेको उनको भनाई छ ।

उपनिर्देशक मल्लले रिक्स वेस क्यापिटलको सम्बन्धमा जानकारी दिईन । उनले बीमा कम्पनीहरुमा रिक्स वेस क्यापिटल चरणबद्ध रुपमा कसरी लागू भइरहेको छ भन्ने विषयमा प्रस्तुती दिएकी थिइन्। कार्यक्रमको सञ्चालन भने फेजाकी महासचिव एजिला उप्रेतिले गरेकी थिईन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नेपालमै बनेको स्कुटर ‘यात्री P2’ को मूल्य सार्वजनिक

सिप्रदी यात्रीले नेपालमै उत्पादन गरेको नयाँ इलेक्ट्रिक स्कुटर ‘यात्री...

इजरालय पठाइदिने भन्दै १५६ जनालाई ठग्ने चौलागाईं पक्राउ

वैदेशिक रोजगारी सम्बन्धि ठगीको आरोपमा नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि...

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...