Thursday, May 22, 2025
spot_img

हिमालयन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा छुट दिने

हिमालयन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्क (ब्याज/ जरिवाना) मा छुट दिने भएको छ । साविकको प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित (Lapse) भएका बीमालेखहरुमा कम्पनीले छुट दिने भएको हो ।

कम्पनीका अनुसार २०८१ आषाढ ६ गतेदेखि २३ गते सम्ममा त्यस्ता व्यतित बीमालेख नविकरण/पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने बिलम्व शूल्क (ब्याज / जरीवाना) मा  छुट प्रदान गरिने छ ।  ३ बर्ष सम्म व्यातित बीमालेखमा ब्याज/ जरीवानामा शत्प्रतिशत छुट, ३ बर्ष माथि देखि ५ बर्ष सम्म व्यतित बीमालेखमा  ब्याज/ जरीवानामा ५० प्रतिशत छुट,
५ बर्ष माथि देखि ७ बर्ष सम्मको व्यतित बीमालेखको  ब्याज/जरीवानामा ३५ प्रतिशत छुट  तथा ७ बर्ष माथि देखि जतिसुकै अवधिको व्यतित बीमालेखमा  ब्याज/जरीवानामा २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने कम्पनीले प्रष्ट पारेको छ । कम्पनीबाट ब्याज/जरीवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई बर्ष भित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण ( Surrender) गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज / जरीवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले उल्लेख गरेको छ ।

व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरीवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने ब्यवस्था गरी ढुक्क हुन कम्पनीले अनुरोध गरेको छ । यस सम्बन्धमा थप जानकारीको लागि यस कम्पनीको आफुलाई पायक पर्ने कुनै पनि प्रादेशिक / शाखा / उप-शाखा कार्यालयहरुमा सम्पर्क राख्नु सकिने कम्पनीले उल्लेख गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आज पनि बढ्यो सुनको भाउ

आज बिहिबार पनि सुनको भाउ बढेको छ । बुधबार...

रिभर फल्स पावरको ४४ लाख कित्ता सेयरको ‘लक इन’ अवधि सकियो

रिभर फल्स पावर लिमिटेडको ४३ लाख बढी कित्ता सेयरको...

हिमालयन रि-इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

हिमालयन रि-इन्स्योरेन्स कम्पनीको लाभांश पाउन आजसम्म सेयर खरिद गरेको...

ट्याक्सीमाण्डूसँग सहकार्य गर्दै राइड सेयरिङ एप ‘याङ्गो’ नेपाल प्रवेश, ३ प्रतिशत मात्र कमिशन

नेपालको पुरानो राइड सेयरिङ प्लेटफर्म ट्याक्सीमाण्डू र विश्वप्रसिद्ध अन्तर्राष्ट्रिय...

नाइमा ‘मोबिलिटी एक्स्पो’को स्टल बुकिङ बन्द, ५० ब्राण्ड सहभागी हुने (नामसहित)

नेपाल अटामोबाइल इम्पोर्टर्स एन्ड मेनुफ्याक्चरर्स एसोसिएसन (नाइमा)को आयोजनामा पहिलोपटक...

एभरेष्ट कलरको जारी पूँजी बढ्यो, ७ लाख ९० हजार कित्ता आईपीओ जारी हुने

एभरेष्ट कलर लिमिटेडको विशेष वार्षिक साधारणसभा सम्पन्न भएको छ...
spot_img