Saturday, September 5, 2026
spot_img

हिमालयन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेख नविकरणमा छुट दिने

spot_img

हिमालयन लाईफ इन्स्योरेन्सले व्यतित बीमालेखमा लाग्ने बिलम्व शुल्क (ब्याज/ जरिवाना) मा छुट दिने भएको छ । साविकको प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स, र गुराँस लाइफ इन्स्योरेन्सबाट विभिन्न मितिमा बीमा गराई व्यतित (Lapse) भएका बीमालेखहरुमा कम्पनीले छुट दिने भएको हो ।

कम्पनीका अनुसार २०८१ आषाढ ६ गतेदेखि २३ गते सम्ममा त्यस्ता व्यतित बीमालेख नविकरण/पुनर्जागरण गर्दा बीमाशुल्कमा लाग्ने बिलम्व शूल्क (ब्याज / जरीवाना) मा  छुट प्रदान गरिने छ ।  ३ बर्ष सम्म व्यातित बीमालेखमा ब्याज/ जरीवानामा शत्प्रतिशत छुट, ३ बर्ष माथि देखि ५ बर्ष सम्म व्यतित बीमालेखमा  ब्याज/ जरीवानामा ५० प्रतिशत छुट,
५ बर्ष माथि देखि ७ बर्ष सम्मको व्यतित बीमालेखको  ब्याज/जरीवानामा ३५ प्रतिशत छुट  तथा ७ बर्ष माथि देखि जतिसुकै अवधिको व्यतित बीमालेखमा  ब्याज/जरीवानामा २५ प्रतिशत छुट प्रदान गरिने कम्पनीले जनाएको छ ।

यस किसिमको व्यतित बीमालेख पूनर्जागरण गर्दा दिइएको छुट सुविधा बीमा अवधिभर एकपटक मात्र प्रदान गरिने कम्पनीले प्रष्ट पारेको छ । कम्पनीबाट ब्याज/जरीवाना छुट सुविधाको उपयोग गरी नविकरण गराईएका बीमालेखहरु बीमालेख नविकरण भएको मितिले दुई बर्ष भित्र बीमित तथा प्रस्तावकहरुले नियमानुसार समर्पण ( Surrender) गर्न चाहेमा बीमालेख नविकरण गर्दा छुट प्रदान गरिएको ब्याज / जरीवाना वापतको रकम कम्पनीबाट कट्टा गरिने कम्पनीले उल्लेख गरेको छ ।

व्यतित भएको बीमालेखले बीमा जोखिम बहन नगर्ने हुँदा समयमा नै आफ्नो बीमालेखको नवीकरण बीमाशुल्क भुक्तानी गरी ब्याज र जरीवाना छुटको लाभ लिनुका साथै बीमालेख अनुरुपको जोखिम बहन हुने ब्यवस्था गरी ढुक्क हुन कम्पनीले अनुरोध गरेको छ । यस सम्बन्धमा थप जानकारीको लागि यस कम्पनीको आफुलाई पायक पर्ने कुनै पनि प्रादेशिक / शाखा / उप-शाखा कार्यालयहरुमा सम्पर्क राख्नु सकिने कम्पनीले उल्लेख गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...