पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

spot_img
spot_img

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि आवेदन दिएकामध्ये ११ जनाको नाम दोस्रो सर्टलिस्टमा परेको छ । बोर्डको सीईओ छनेटका लागि पहिलो चरणको सर्टलिस्टबाट छानिएका १६ जना उम्मेदवारहरूले बिहीबार र शुक्रबार प्रस्तुतीकरण लिइएको थियो । त्यसबाट ५ जनाको नाम कटेर ११ जना दोस्रो सर्टलिस्टमा परेका हुन् ।

बोर्डको सीईओ छनोट उपसमितिले दोस्रो संक्षिप्त सूचीमा समावेश गरेका ११ जनामा पूर्वमन्त्री समेत रहेकी ताप्लेजुङकी श्रद्धा श्रेष्ठ, चितवनका आशुतोष प्रधान, चितवनका उत्तम प्रसाद देवकोटा, इलामका टेक बहादुर महत, मोरङका नोजल कोइराला, काठमाडौंकी युविका भण्डारी, भक्तपुरका रोहिणीप्रसाद खनाल, दाङका लक्ष्मण गौतम, रुपन्देहीका श्री प्रसाद भट्टराई, बैतडीका सुरेश सिंह बुडाल र कन्चनपुरका हिक्मतसिंह ऐर रहेका छन् ।

यसअघि बोर्डको सीईओका लागि ४२ जनाले आवेदन दिएका थिए । पहिलो चरणको सर्टलिस्टमा परेका चितवनका धर्मराज दवाडी, काठमाडौंका राजाराम केसी, गोरखाका रामचन्द्र सेढाइ, पाल्पाका विनोद अर्याल र काठमाडौंका सन्तोष विक्रम थापा भने प्रस्तुतीकरण पछि आउट भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...