एभरेष्ट कलर लिमिटेडले पुस १३ गते तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको साधारणसभा भक्तपुरको मध्यपुर थिमी स्थित ह्वाइट हाउस ब्यांक्वेटमा हुनेछ।
सभामा कम्पनीको आ. व. २०८२/८३ को वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको आ.व. २०८२/८३ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह हिसाब सहितको लेखा परीक्षण प्रतिवेदनलाई पारित गर्ने , आ.व.२०८३/८४ को लागि लेखापरीक्षण कार्य गर्न लेखापरीक्षक नियुक्ती गर्ने तथा निजको
पारिश्रमीक तोक्ने प्रस्ताव पेश हुने छन्।
त्यस्तै कम्पनीको संचालक समितिमा सर्वसाधारण शेयरधनी समूहबाट २ जना संचालक सदस्यहरुको निर्वाचन गर्ने , कम्पनीको प्रबन्ध संचालकको पारिश्रमिक तथा भत्ता स्वीकृत गर्ने , संचालकको बैठक भत्ता सम्बन्धमा निर्णय गर्ने, संचालक समितिबाट आ.व. २०८२ / ८३ मा भए गरेका निर्णय, काम कारवाहीहरु अनुमोदन गर्ने प्रस्ताव पनि पेश हुने छन्।
विशेष प्रस्ताव अन्तर्गत आ.व.२०८३/८४ को लागि कम्पनी ऐन, २०६३ को दफा १०५ (ग) ले व्यवस्था गरे भन्दा बढिको खर्चलाई पूर्व स्वीकृतीको लागि विषेश प्रस्ताव पारित गर्ने प्रस्ताव पेश हुने छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश प्रस्ताव गरेको छैन । कम्पनीले कम्पनी र कम्पनीका शेयरधनीको दिर्घकालिन हितलाई मध्यनजर गर्दै लाभांश प्रस्ताव नगरेको जनाएको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर २८ गतेसम्म कायम शेयरधनीले कम्पनीको सभामा भाग लिन सक्ने छन् ।









