दुई घण्टाभित्र समस्या समाधान नभए वर्ल्डलिंकले दुई दिन निःशुल्क इन्टरनेट दिने

spot_img
spot_img

वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ‘ढुक्कको कनेक्सन’ सेवा  सुरु गरेको छ ।   सेवा अन्तर्गत वर्ल्डलिंकले ‘तुरुन्तै’, ‘Free WorldLink Wi-Fi’ र ‘Time Back’ गरी तीन प्रतिबद्धता सार्वजनिक गरेको छ ।

यी प्रतिबद्धता मार्फत इन्टरनेट अवरुद्ध हुँदा छिटो समाधान, घरबाहिर पनि निःशुल्क इन्टरनेट पहुँच र व्यापक सेवा अवरोध हुँदा क्षतिपूर्ति सुनिश्चित गरिएको कम्पनीले जनाएको छ ।

2रुन्तै‘तुरुन्तै’: दुई घण्टाभित्र समाधान, नभए दुई दिन निःशुल्क इन्टरनेट

ग्राहकले इन्टरनेट नचलेको गुनासो दर्ता गराएको समयदेखि दुई घण्टाभित्र समस्या समाधान गर्ने प्रतिबद्धता कम्पनीले गरेको छ । तोकिएको समयभित्र समाधान हुन नसकेमा ग्राहकलाई क्षतिपूर्तिस्वरूप दुई दिनको इन्टरनेट सेवा निःशुल्क उपलब्ध गराइनेछ ।

कम्पनीका अनुसार वर्षाका कारण मर्मत कार्य रोकिनुपरेमा वर्षा रोकिनेबित्तिकै प्रक्रिया पुनः अघि बढाइनेछ । कार्यालय समय ४ बजे पछि दर्ता भएका गुनासोमा भने भोलिपल्ट बिहान ७ बजे कार्यालय समय सुरु भएदेखि ‘तुरुन्तै’ प्रक्रिया लागू हुनेछ । यो सुविधा २०० एमबीपीएस वा सोभन्दा माथिका प्याकेज प्रयोग गर्ने ग्राहकका लागि लागू हुनेछ ।

“Free WorldLink Wi-Fi”: सबै ग्राहकका लागि, एक ट्यापमै

वर्ल्डलिंकले आफ्ना ग्राहकलाई उपलब्ध गराउँदै आएको निःशुल्क वाइफाइ सेवालाई अझ सहज बनाएको छ । अब ग्राहकले myWorldLink एपबाटै एक ट्यापमा वर्ल्डलिंक वाइफाइ हटस्पटमा जोडिन सक्नेछन् ।  यो सेवा असीमित (अनलिमिटेड) छ र वर्ल्डलिंकका सबै ग्राहकले कुनै बन्देजविना प्रयोग गर्न सक्नेछन् ।

‘Time Back’: व्यापक इन्टरनेट सेवा अवरोधमा एक दिनको क्षतिपूर्ति

एकैपटक धेरै ग्राहक प्रभावित हुने गरी सेवा अवरुद्ध भई त्यसको अवधि तोकिएको सीमाभन्दा लामो भएमा ग्राहकलाई क्षतिपूर्ति स्वरूप एक दिनको इन्टरनेट सेवा थप गरिनेछ । क्षतिपूर्ति प्राप्त गर्न ग्राहकले myWorldLink एपमार्फत आफैँ क्षतिपूर्तिकालागि अनुरोध (Compensation Request) दर्ता गर्न वा नजिकैको वर्ल्डलिंक शाखामा सम्पर्क गर्न सक्नेछन्। यो सुविधा वर्ल्डलिंकका सबै ग्राहकका लागि लागू हुनेछ ।

 ‘ढुक्कको कनेक्सन’ सेवा मार्फत वर्ल्डलिंकले इन्टरनेटको गति र गुणस्तरसँगै ग्राहक सेवा तथा प्राविधिक सहयोगलाई पनि उत्तिकै प्राथमिकता दिएको जनाएको छ । कम्पनीका प्रमुख प्रविधि अधिकृत (CTO) रविन्द्रमहार्जन अनुसार यी तीन प्रतिबद्धताले घरभित्र र बाहिर दुवै ठाउँमा सहज इन्टरनेट पहुँच सुनिश्चित गर्नुका साथै ग्राहकलाई वर्ल्डलिंक रोजेकोमा ढुक्क बनाउनेछन् । सेवा मार्फत वर्ल्डलिंकले ‘अब ढुक्क हुनुहोस्, तपाईंको कनेक्सनको जिम्मेवारी हाम्रो’ भन्ने सन्देश अघि सारेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...