आज आइतबार सुनको भाउ बढेको छ । अघिल्लो दिन प्रतितोला २ लाख ४६ हजार १ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा २ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख १२ हजार ७०५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर प्रतितोला ३ हजार २१५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ २ हजार ७ सय ५६ रुपैयाँ तोकिएको छ ।









