उत्कृष्ट वित्तीय प्रतिवेदनका लागि नबिल बैंक दक्षिण एसियाकै प्रतिष्ठित साफा मेरिट अवार्डबाट सम्मानित

spot_img
spot_img

नबिल बैंक लिमिटेड दक्षिण एसियाली स्तरमा सम्मानित भएको छ। दक्षिण एसियाका निजी क्षेत्रका बैंकहरूमध्ये उत्कृष्ट वित्तीय प्रतिवेदन प्रस्तुत गरेबापत बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो।

बंगलादेशमा शनिबार आयोजित विशेष समारोहमा नबिल बैंकका सञ्चालक सइद मन्सुर मुस्तफाले उक्त अवार्ड ग्रहण गरेका थिए। बैंकले सन् २०२४/२५ को वार्षिक प्रतिवेदनका लागि साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट्स (साफा) द्वारा प्रदान गरिने प्रतिष्ठित ‘साफा मेरिट अवार्ड’ प्राप्त गरेको हो।

प्रत्येक वर्ष दक्षिण एसियाका विभिन्न वित्तीय तथा व्यावसायिक संस्थाहरूका वार्षिक प्रतिवेदनको मूल्याङ्कन गरी उत्कृष्ट प्रतिवेदन प्रस्तुत गर्ने संस्थाहरूलाई सम्मान गर्दै आएको साफाले  नबिल बैंकले वित्तीय विवरणको गुणस्तर, पारदर्शिता, जवाफदेहिता तथा संस्थागत सुशासनका मापदण्ड पालना गरेको भन्दै साफाले नबिल बैंकलाई उक्त सम्मान प्रदान गरेको हो।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज कुमार ज्ञवालीले साफा मेरिट अवार्ड प्राप्त गर्नु नबिल बैंकका लागि मात्र नभई नेपालको बैंकिङ क्षेत्रका लागि पनि गर्वको विषय रहेको बताए।

“साफा मेरिट अवार्ड प्राप्त हुनु हाम्रा लागि गौरवको विषय हो। साथै, यसले नेपालको बैंकिङ क्षेत्रले अन्तर्राष्ट्रिय मञ्चमा हासिल गरेको विश्वसनीयता र व्यावसायिक उत्कृष्टतालाई समेत प्रतिबिम्बित गर्दछ। यो सम्मान कुनै एक वर्षको उपलब्धि मात्र नभई वित्तीय पारदर्शिता, जवाफदेहिता र संस्थागत सुशासनलाई निरन्तर अभ्यासका रूपमा आत्मसात् गर्दै आएको हाम्रो प्रतिबद्धताको क्षेत्रीयस्तरमा भएको मूल्याङ्कन हो,” सिइओ ज्ञवालीले भने।

नबिल बैंक यसअघि पनि निजी क्षेत्र बैंकिङतर्फ आर्थिक वर्ष सन् २०२२/२३ को वित्तीय प्रतिवेदनका आधारमा साफा मेरिट अवार्डबाट सम्मानित भएको थियो। दोस्रो पटक प्राप्त यस सम्मानले बैंकले वित्तीय पारदर्शिता, जवाफदेहिता तथा उत्कृष्ट प्रतिवेदन अभ्यासमा कायम राखेको निरन्तरतालाई प्रतिबिम्बित गरेको छ।

नबिल बैंकले वार्षिक प्रतिवेदनमार्फत आफ्नो वित्तीय अवस्था र कार्यसम्पादनका साथै व्यावसायिक रणनीति, जोखिम व्यवस्थापन, संस्थागत सुशासन, दिगोपना तथा सामाजिक उत्तरदायित्वका गतिविधिलाई पारदर्शी रूपमा प्रस्तुत गर्दै आएको छ। सरोकारवालालाई बैंकका गतिविधि, उपलब्धि र भावी प्राथमिकताबारे विश्वसनीय जानकारी उपलब्ध गराउने उद्देश्यले प्रतिवेदनको गुणस्तर, विश्वसनीयता र प्रस्तुतिमा निरन्तर सुधार गर्दै आएको बैंकले जनाएको छ।

यसअघि पनि नबिल बैंकले सोही आर्थिक वर्षको वार्षिक प्रतिवेदनका आधारमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान) बाट वाणिज्य बैंकतर्फको उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (गोल्ड अवार्ड) प्राप्त गरेको थियो। राष्ट्रियस्तरमा प्राप्त उक्त सम्मानपछि दक्षिण एसियालीस्तरमा पनि सम्मानित हुनुले बैंकले प्रतिवेदनको गुणस्तर र पारदर्शितामा अपनाउँदै आएको अभ्यासलाई थप मान्यता दिएको छ।

चार दशकभन्दा लामो बैंकिङ इतिहास बोकेको नबिल बैंकले नवीन प्रविधि, आधुनिक सेवा र ग्राहककेन्द्रित अभ्यासमार्फत नेपाली बैंकिङ क्षेत्रको विकासमा योगदान पुर्‍याउँदै आएको छ। दिगो बैंकिङ र डिजिटल रूपान्तरणलाई प्राथमिकतामा राख्दै बैंकले आफ्नो डिजिटल बैंकिङ सेवा ‘एनबैंक’ मार्फत बैंकिङ सेवालाई थप सहज, सरल र पहुँचयोग्य बनाउँदै आएको छ।

हाल देशभर २६१ शाखा, १७ विस्तारित काउन्टर र ३१८ एटीएममार्फत करिब ३० लाख ग्राहकलाई सेवा प्रदान गर्दै आएको बैंकले वित्तीय समावेशिता, आर्थिक अवसरको विस्तार र दिगो आर्थिक विकासमा योगदान पुर्‍याउने आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै आएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...