‘सेतोपत्रे’ सडकले बढाउँदैन सिमेन्टको माग

spot_img
spot_img

सरकारले असोज ३० गते ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रवद्र्धन र प्रयोगसम्बन्धी निर्देशिका, २०८३’ स्वीकृत गरेसँगै नेपालका सिमेन्ट र फलामे डण्डी उत्पादक उद्योगीहरु खुशी भए । ‘कंक्रिट रोड’को अवधारणा कार्यान्वयन गर्ने गरी स्वीकृत भएको निर्देशिकाले खुशीयाली छाएपनि तथ्याङ्क केलाउँदा अब बन्ने सबै सडकलाई तत्काल ‘सेतोपत्रे’ गर्न असम्भव देखिएको छ ।

उद्योग विभागका लागि ‘नीति अध्ययन तथा ग्रामिण विकास केन्द्र’ले गरेको एक अध्ययन अनुसार नेपालका १२७ वटा सिमेन्ट उद्योगहरुको कुल उत्पादन क्षमता २ करोड ७८ लाख ६० हजार मेट्रिक टन छ । तर, उक्त अध्ययनमा अहिले भइरहेको खपत कति हो भन्ने तथ्याङ्क उल्लेख गरिएको छैन । उद्योगीहरुले भने वार्षिक १ करोड ५० लाख मेट्रिक टन जति सिमेन्ट खपत हुँदै आएको दाबी गरेका छन् ।

माग बढ्दैन, उत्पादन त झन परैको कुरा

अब सरकारले नयाँ बन्ने सबै सडकलाई कंक्रिट ढलान गर्ने हो भने सिमेन्टको माग केही मात्रामा पक्कै पनि बढ्नेछ । सामान्य माग बढ्ने भएकाले उद्योगहरुको उत्पादन पनि ब्यापक मात्रामा बढ्छ भन्ने नदेखिने इन्जिनियरहरु बताउँछन् ।

नेपालमा संघीय सरकार मातहत कुल २० हजार ६५० किलोमिटर जति पक्की सडक छ । हाल वार्षिक करिब १ हजार किलोमिटर पक्की सडक थपिने गरेको छ । नेपाल राष्ट्र बैंकको पछिल्लो अध्ययनले त झन वार्षिक ८ सय किलोमिटर हाराहारी मात्रै पक्की सडक बन्ने गरेको देखाएको छ । अझ, प्रदेश र स्थानीय तहका सडक ७ मिटर चौडा भएका राजमार्ग जस्ता हुँदैनन् । संघीय सरकार र प्रदेश सरकार तथा स्थानीय तहले बनाउने सडकसमेत गरी गरी औसतमा वार्षिक १ हजार किलोमिटर सडक पक्की बन्छ भनेर मान्दा पनि सिमेन्टको माग ह्वात्तै बढ्छ भन्ने दबीमा मेल खाँदैन ।

किनकी, सडक विभागले २०७३ सालमै ल्याएको ‘स्पेशिफिकेशन फर रोड एण्ड ब्रीज वर्क’ मापदण्ड अनुसार प्रति घनमिटर ढलानमा २२० देखि २५० किलोग्राम सिमेन्ट खपत हुनुपर्ने जनाएको थियो । १० वर्ष अघिको स्ट्याण्डर्ड र आजको अवस्था फरक हुन सक्ने भएपनि सिमेन्टको खपत हुने मात्रामा गुणात्मक परिवर्तन नआउने यस क्षेत्रका जानकारहरु बताउँछन् ।

‘७ मटिर चौडा भएको १ किलोमिटर सडक बनाउँदा ४५० मेट्रिक टन जति सिमेन्ट खपत हुन्छ, यो पनि अधिकतम् हो’ लामो समयदेखि काम गर्दै आएका एक इन्जिनियर भन्छन्, ‘अब वर्षमा एक हजार किलोमिटर सडक बनाउँदा सिमेन्टको माग जम्मा ४ लाख ५० हजार मेट्रिक टन बढ्ने हो । त्यसमाथि सबै तिरका रोडहरु ७ मिटर चौडा भएका हुँदैनन्, कतै सिङ्गल लेन (३.५ मिटर) का हुन्छन् । अब यति माग बढ्दैमा सिमेन्ट उद्योगहरुले अहिलको भन्दा बढी क्षमता उपयोग गर्छन् भन्ने मलाई चाहिँ लाग्दैन ।’

नाली र कल्भर्टमा अहिले पनि सिमेन्ट नै प्रयोग

निर्माण व्यवसायीहरुका अनुसार अहिले कालोपत्रे सडक बनाउँदा पनि सडक किनारामा अन्य संरचना बनाउँदा सिमेन्ट र गिट्टीकै प्रयोग हुन्छ । खासगरी नाली र कल्भर्ट बनाउँदा अहिले पनि सिमेन्ट नै प्रयोग गर्ने गरिएको निर्माण व्यवसायी शंकर बहादुर थापा बताउँछन् । पानी बगिरहने वा बग्न सक्ने स्थानमा बनाइने ‘कज–वे’ र सडक आसपास बनाइने अरु संरचनामा पनि सिमेन्टकै प्रयोग हुने गरेको उनको भनाइ छ ।

कंक्रिट रोडको चर्चा र सिमेन्टको आयात

नेपाल सिमेन्टमा आत्मनिर्भर भइसकेको दाबी गरिएपनि पुनः सिमेन्टको आयात हुन थालेको पाइएको छ । चालु आर्थिक वर्ष २०८३/०८४ को चार महिना (साउनदेखि कार्तिकसम्म) मा ७ हजार १६५ टन सिमेन्ट आयात भइसकेको छ । १२ करोड १३ लाख मूल्य बराबरको यो सबै सिमेन्ट भारतबाट आयात भएको भन्सार विभागको पछिल्लो तथ्याङ्कमा उल्लेख छ ।

सिमेन्ट मात्रै होइन, यस अवधिमा १३ करोड २१ लाख ४९ हजार रुपैयाँ बराबरको १७ हजार ३१० मेट्रिक टन क्लिङ्कर पनि भारतबाटै आयात भएको देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...