नेपाल पुनर्बीमा कम्पनी (नेपाल रिइन्स्योरेन्स)ले साधारण सभा आह्वान गरेको छ । कम्पनीले पुस ६ गते १०औँ वार्षिक साधारण सभा बोलाएको हो ।
सभाले हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसअघि कम्पनीमा रहेको नेपाल सरकारको ४४.०३९० प्रतिशत शेयर स्वामित्व नघट्ने गरी पूँजी वृद्धि गर्न सरकारबाट सहमति प्राप्त भएअनुसार सरकारको तर्फबाट हकप्रद शेयरमा १ अर्ब रुपैयाँ लगानी आउने भएको छ । अब सोही रकमको अनुपातमा हाल कायम चुक्ता पुँजीको १६.९१७६ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने कम्पनीको विशेष प्रस्ताव छ ।
सभामा संस्थागत लगानीकर्ताबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्न दुई जना सञ्चालकको निर्वाचन पनि हुनेछ ।
साधारण सभाका लागि कम्पनीले मंसिर २४ गते बिहीबार बुकक्लोज गर्ने भएको छ । मंसिर २३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन पाउनेछन् ।









