५ रुपैयाँ दरका १५ करोड थान सिक्का बजारमा ल्याउने तयारी

spot_img
spot_img

नेपाल राष्ट्र बैंकले रु. ५ दरका १५ करोड थान सिक्काको डिजाइन, आपूर्ति र ढुवानीका लागि बोलपत्र आह्वान गरेको छ। केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभागले आज नोभेम्बर २९, २०२६ मा सूचना प्रकाशन गरी पूर्वयोग्यता प्राप्त सुरक्षण मिन्टिङ कम्पनीहरूबाट बोलपत्र मागेको हो।

यो खरिद अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक बोलपत्र (ICB) को ‘एकल चरण, दुई खाम’ प्रक्रियामा हुनेछ। यसमा बोलपत्रदाताले प्राविधिक प्रस्ताव र मूल्य प्रस्ताव छुट्टाछुट्टै खाममा राखी एउटै बन्द खामभित्र एकैपटक बुझाउनुपर्नेछ।

 बोलपत्र कागजात २०२६ डिसेम्बर २८ सम्म कार्यालय समयभित्र थापाथली (काठमाडौं) स्थित मुद्रा व्यवस्थापन विभाग तथा बबरमहलस्थित टक्सार महाशाखाबाट खरिद गर्न सकिनेछ। खरिदका लागि पूर्वयोग्य कम्पनी वा तिनका अधिकृत प्रतिनिधिले लिखित निवेदन, कम्पनी÷फर्म दर्ताको प्रमाणपत्रको प्रतिलिपि, कागजात खरिदको अख्तियारी पत्र र बैंक भौचर पेस गर्नुपर्ने छ। कागजातको शुल्क फिर्ता नहुने गरी नेपाली रुपैयाँमा रु. २०,०००, अमेरिकी डलरमा १३२ वा यूरोमा ११८ तोकिएको छ।

 तोकिएको समयपछि प्राप्त बोलपत्र अस्वीकृत हुनेछन्। बोलपत्र १२० दिनसम्म मान्य हुनुपर्ने र न्यूनतम अमेरिकी डलर १,२७,००० बराबरको बोलपत्र जमानत (बिड सेक्युरिटी) साथमा संलग्न हुनुपर्ने व्यवस्था छ। जमानत २०२७ मे २८ सम्म मान्य हुनुपर्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

KAIFENG का विद्युतीय गाडी नेपाल ल्याउँदै एमभी दुगड समूह, ३ मोडल चयन

चिनियाँ अटोमोटिभ ब्रान्ड 'काइफेङ' (KAIFENG) का तीन मोडलका विद्युतीय...

१३२ केभी चोभार सबस्टेसन सञ्चालनमा, काठमाडौंको विद्युत आपूर्ति थप भरपर्दो हुने

काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र...

राष्ट्र बैंकको निष्कर्ष: ‘संगठित र डिजिटल बन्दै हुण्डी कारोबार, निषेधले मात्र रोक्न कठिन’

नेपाल राष्ट्र बैंकअन्तर्गतको वित्तीय जानकारी एकाइ (एफआईयू-नेपाल) ले 'हुण्डी...

पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्रीसहित ११ जनाको नाम दोस्रो सर्टलिस्टमा

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) का लागि...

कामना सेवा विकास बैंकलाई लगातार तेस्रो पटक साफा अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड “साउथ एसियन फेडेरेसन अफ...