मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

spot_img

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक भन्सार कार्यालयका रुपमा सञ्चालनमा ल्याइने भएको छ । भन्सार विभागले कोरलाबाट पैठारी हुने वस्तुहरु काठमाडौँस्थित चोभार सुख्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने सुविधा दिएको हो छ ।

विभागका अनुसार अब कोरला भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत चोभार ल्याउन सकिने छ । यसका लागि भन्सार विभागले सडक मार्गको रुट पनि तोकेको छ ।

यस अनुसार अब मालवाहक सवारीसाधनका लागि कोरला नाका–नेचुङ (भन्सार)–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–कुरिनटार–नौबिसे–कलङ्की–चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयसम्मको रुट भएको विभागले जनाएको छ ।

यो मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीका लागि मुग्लिङ–नारायणघाट–हेटौंडा–भैंसे–नौबिसे– कलङ्की–चोभार सुक्खा बन्दरगाह सम्मको वैकल्पिक बाटो पनि तोकिएको छ ।

मुस्ताङलेखि गुडाएरै ल्याइने नयाँ सवारी साधनले पनि विभागले तोकेको रुट प्रयोग गर्नुपर्नेछ । यसका लागि विभागले कोरला नाका–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–नारायणगढ–हेटौंडा–भैंसे–फर्पिङ हुँदै चोभार सुख्खा बन्दरगाहको रुट तोकेका छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...