Sunday, September 6, 2026
spot_img

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

spot_img

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई वैकल्पिक भन्सार कार्यालयका रुपमा सञ्चालनमा ल्याइने भएको छ । भन्सार विभागले कोरलाबाट पैठारी हुने वस्तुहरु काठमाडौँस्थित चोभार सुख्खा बन्दरगाहमा ल्याएर जाँचपास गर्न सकिने सुविधा दिएको हो छ ।

विभागका अनुसार अब कोरला भन्सार कार्यालयमा पैठारीका लागि आएका वस्तुलाई त्यहाँ जाँचपास नगरी आन्तरिक परिवहन सुविधामार्फत चोभार ल्याउन सकिने छ । यसका लागि भन्सार विभागले सडक मार्गको रुट पनि तोकेको छ ।

यस अनुसार अब मालवाहक सवारीसाधनका लागि कोरला नाका–नेचुङ (भन्सार)–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–कुरिनटार–नौबिसे–कलङ्की–चोभार सुख्खा बन्दरगाह भन्सार कार्यालयसम्मको रुट भएको विभागले जनाएको छ ।

यो मुख्य रुटमा समस्या आएमा मालवाहक सवारीका लागि मुग्लिङ–नारायणघाट–हेटौंडा–भैंसे–नौबिसे– कलङ्की–चोभार सुक्खा बन्दरगाह सम्मको वैकल्पिक बाटो पनि तोकिएको छ ।

मुस्ताङलेखि गुडाएरै ल्याइने नयाँ सवारी साधनले पनि विभागले तोकेको रुट प्रयोग गर्नुपर्नेछ । यसका लागि विभागले कोरला नाका–नेचुङ–छुसाङ–कागबेनी–जोमसोम–बेनी–कुश्मा–पोखरा–दमौली–मुग्लिन–नारायणगढ–हेटौंडा–भैंसे–फर्पिङ हुँदै चोभार सुख्खा बन्दरगाहको रुट तोकेका छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालले उपलब्ध...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...