पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार ग्यास सिलिण्डर भित्र्याइएको छ ।
तराईका विभिन्न उद्योगहरूमा रिफिल गरी भदौ १८ गते २४ हजार ४९४, भदौ १९ गते ३४ हजार १३४ र भदौ २० गते २९ हजार २४९ सिलिन्डर ग्यास काठमाडौँ ल्याइएको आयल निगमले जनाएको छ ।
यसरी आपुर्ति गरिएका ग्यासमा श्री, सूर्य, ओम, श्रीराम, सगर, साईबाबा, श्रीकृष्ण, श्रीमाया, लोकप्रिय, एभरेस्ट, सुगम, नेपाल, एचपी, एसटीसी, सिद्धार्थ, हिमाल, सिताश्री र नमस्ते ग्यास रहेका छन् ।









