कामना सेवाको ठूला शेयरधनीबाट नेपाल लाइफ बाहिरियो, दुई वटा म्युचुअल फण्ड भित्रिए

spot_img

कामना सेवा विकास बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ पुगेको छ। २०८३ असार मसान्तसम्मको विवरण अनुसार बैंकमा ०.५ प्रतिशत भन्दा धेरै शेयर हुने शेयरधनीको संख्या २८ रहेको देखिएको हो।

बैंकको सबैभन्दा ठूलो शेयरधनी तुलसा पाण्डे हुन् । बैंकमा उनको स्वामित्व २.४३ प्रतिशत रहेको छ। त्यस्तै बैंकमा इन्टेग्र सोर्सेस प्रालिको १.९९ प्रतिशत, सिता आचार्यको १.७५ प्रतिशत, श्री राम पाण्डेको १.३८ प्रतिशत र सिताराम उप्रेतीको १.३६ प्रतिशत शेयर स्वामित्व रहेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकमा यी शिर्ष ५ शेयरधनीको स्वामित्व परिवर्तन भएको छैन ।

समीक्षा अवधिमा एनएमबि सरल बचत फण्ड बैंकको छैठौ ठूलो र एनआईबिएल सहभागिता फण्ड सातौँ ठूलो लगानीकर्ताको रुपमा भित्रिएको छ। बैंकमा यी दुई फण्डको शेयर स्वामित्व क्रमश १.२६ प्रतिशत र १.१५ प्रतिशत रहेको छ। यस अघि सातौँ ठूलो शेयरधनीको रुपमा रहेको नेपाल लाइफ इन्स्योरेन्स भने ठूला शेयरधनीको सूचीबाट बाहिरिएको छ।

एक वर्षको अवधिमा बैंकको ठूलो शेयरधनीबाट नेपाल लाइफ इन्स्योरेन्स र भिम राज अधिकारी बाहिरिएका हुन् । त्यस्तै एनएमबि सरल बचत फण्ड , एनआईबिएल सहभागिता फण्ड, भरत रेग्मी, गोबिन्दराज अधिकारी, र प्रियराज रेग्मी ठूला लगानीकर्ताको रुपमा भित्रिएका हुन् ।

आर्थिक वर्ष २०८२/८३ मा यी हुन् बैंकका ठूला शेयरधनी:

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...