Sunday, September 6, 2026
spot_img

जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्छः अध्यक्ष श्रेष्ठ

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले नेपालले उपलब्ध जनशक्तिय एवम् जनसाङ्खिक लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्ने बताएका छन् ।

पोखरा उद्योग वाणिज्य संघको ३६ औँ महाधिवेशन तथा ७२ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै अध्यक्ष श्रेष्ठले युवालाई रोजगारीका लागि विदेश जानुपर्ने अवस्था अन्त्य गर्न स्वदेशमै उपलब्ध जनशक्तिको लाभलाई उत्पादन र रोजगारीमा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका हुन् । उनले निजी क्षेत्रमाथि अत्यधिक नियमन र नियन्त्रणको सोचले लगानी निरुत्साहित हुने भन्दै सरकार नियामक र सहजीकरण गर्ने भूमिकामा केन्द्रित हुनुपर्ने बताए ।

हतारमा कानुन निर्माण गर्ने प्रवृत्तिले निजी क्षेत्रलाई समस्या पारिरहेको उल्लेख गर्दै अध्यक्ष श्रेष्ठले कानुन तथा नीति निर्माणमा निजी क्षेत्रसँग पर्याप्त छलफल र समय दिनुपर्ने बताए । उनले महासंघले एकिकृत कर कानून र उधारो कारोबारसम्बन्धी कानुनको मस्यौदा तयार गरी छिट्टै सरकारलाई बुझाउने तयारी गरेको जानकारी पनि दिएका छन् ।

लामो समयदेखि बन्द उद्योग सञ्चालनका लागि सरकारले चाहे सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडल अपनाउन सक्ने उनको सुझाव छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मुस्ताङबाट भित्रिने सामान चोभार ल्याएर जाँचपास गर्न सकिने, यस्तो छ रुट

रसुवागाढी नाका बाढीका कारण क्षतिग्रस्त भएपछि मुस्ताङस्थित कोरला नाकालाई...

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...