स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

spot_img

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा उक्त एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबारसँगै संस्थाको शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबारलाई एउटै संस्थामार्फत सञ्चालन गरिनेछ । यसबाट संस्थाको वित्तीय क्षमता तथा सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको छ ।

एकीकृत कारोबार अघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब रु. ८९ करोड ५६ लाख र विन नेपाल लघुवित्तको चुक्ता पुँजी करिब रु. ८ करोड ४३ लाख रहेको थियो भने दुवै संस्थाको एकीकरणपछि चुक्ता पुँजी करिब रु. ९७ करोड ९९ लाख पुगेको छ ।

त्यस्तै, एकीकृत कारोबारपछि कुल शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी तथा कर्मचारी संख्या करिब ६१९ पुगेको संस्थाले जनाएका छ । साथै, एकीकृत संस्थाको कुल कर्जा लगानी करिब रु. ११ अर्ब ७१ करोड र कुल बचत करिब रु. ५ अर्ब ८८ करोड पुगेको छ ।

लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले संस्थाको पूँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एकीकृत कारोबार शुभारम्भसँगै स्वरोजगार लघुवित्तले थप सबल वित्तीय संस्थाका रूपमा अघि बढ्दै आफ्ना सदस्य तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...