Sunday, September 6, 2026
spot_img

स्वरोजगार लघुवित्त र विन नेपाल लघुवित्तको एकीकृत कारोबार सुरु

spot_img

स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरी स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट आइतबार देखि एकीकृत वित्तीय कारोबार सुरु गरेको छ । काठमाडौमा आयोजित एक समारोहका बीच स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष ज्ञानेन्द्र प्रसाद पाण्डे तथा विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका कार्यवाहक अध्यक्ष कुमार राज जोशीले संयुक्त रूपमा उक्त एकीकृत कारोबारको शुभारम्भ गरेका हुन् ।

एकीकृत कारोबारसँगै संस्थाको शाखा सञ्जाल, सदस्य संख्या, कर्जा तथा बचत कारोबारलाई एउटै संस्थामार्फत सञ्चालन गरिनेछ । यसबाट संस्थाको वित्तीय क्षमता तथा सञ्चालन दक्षता थप मजबुत हुने अपेक्षा गरिएको छ ।

एकीकृत कारोबार अघि स्वरोजगार लघुवित्तको चुक्ता पुँजी करिब रु. ८९ करोड ५६ लाख र विन नेपाल लघुवित्तको चुक्ता पुँजी करिब रु. ८ करोड ४३ लाख रहेको थियो भने दुवै संस्थाको एकीकरणपछि चुक्ता पुँजी करिब रु. ९७ करोड ९९ लाख पुगेको छ ।

त्यस्तै, एकीकृत कारोबारपछि कुल शाखा संख्या ११२, सक्रिय सदस्य संख्या १ लाख ३२ हजारभन्दा बढी तथा कर्मचारी संख्या करिब ६१९ पुगेको संस्थाले जनाएका छ । साथै, एकीकृत संस्थाको कुल कर्जा लगानी करिब रु. ११ अर्ब ७१ करोड र कुल बचत करिब रु. ५ अर्ब ८८ करोड पुगेको छ ।

लघुवित्त क्षेत्रमा बढ्दो प्रतिस्पर्धाबीच दुई संस्थाको एकीकरणले संस्थाको पूँजीगत आधार, पहुँच र सञ्चालन क्षमता विस्तार गर्नुका साथै ग्रामीण तथा विपन्न वर्गमा वित्तीय सेवा थप प्रभावकारी रूपमा पु¥याउन सहयोग पुग्ने अपेक्षा गरिएको छ । एकीकृत कारोबार शुभारम्भसँगै स्वरोजगार लघुवित्तले थप सबल वित्तीय संस्थाका रूपमा अघि बढ्दै आफ्ना सदस्य तथा सेवाग्राहीलाई गुणस्तरीय, सहज र पहुँचयोग्य वित्तीय सेवा प्रदान गर्ने लक्ष्य लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

माथिल्लो त्रिशुली–१ बनाईरहेका कम्पनीले राहत प्याकेज घोषणा गर्दै

माथिल्लो त्रिशुली–१ जलविद्युत आयोजनामा कार्यरत तीनवटै कम्पनीले २०८३ भदौ...

३ खर्बको आईपीओ ल्याउँदै भारतको नेशनल स्टक एक्सचेञ्ज

भारतको सबैभन्दा ठूलो स्टक एक्सचेञ्ज नेशनल स्टक एक्सचेञ्ज अफ...

वैकल्पिक रुटमार्फत ८७ हजार ग्यास सिलिण्डर काडमाडौँ ल्याइयो

पृथ्वी राजमार्ग अवरुद्द भएपछि वैकल्पिक रुटमार्फत काडमाडौँमा ८७ हजार...

रसुवामा हैजाविरुद्ध २१ हजार डोज खोप पठाइयो

बाढी तथा पहिरोपछि हैजाको जोखिम बढेपछि रसुवामा हैजाविरुद्धको २१...

घट्यो सुनचाँदीको भाउ

आज आइतबार सुनको भाउ घटेको छ। शुक्रबार प्रतितोला ३...