Wednesday, June 10, 2026
spot_img

होटल वर्गीकरणको नयाँ मापदण्डमा समावेश गर्न खोजिएको ‘ग्रीन हस्पिटालिटी’ के हो ?

spot_img
spot_img

अहिले पर्यटन विभागले होटलहरुको वर्गीकरणका लागि नयाँ मापदण्ड बनाउँदैछ । यसका लागि विभागले सरोकार राख्ने निकाय, संस्था तथा व्यक्तिसँग सुझाव पनि माग गरेको छ । विभागले हाल कार्यान्वयनमा रहेको होटल वर्गीकरण मापदण्ड २०७६ मा सुधार आवश्यक देखिएको भन्दै वर्गीकरण मापदण्ड संशोधन गर्न लागिएको जनाएको छ ।

विभागले सुझाव माग गर्नका लागि प्रकाशन गरेको सूचना अुनसार अब ‘ग्रीन हस्पिटालिटी’को मोडलमा जानका लागि नयाँ वर्गीकरण मापदण्ड ल्याउन लागिएको हो । विश्व पर्यटनमा वातावरणीय सचेतना बढिरहेको र दीगो विकासको आवश्यकतालाई ध्यानमा राखेर ग्रीन हस्पिटालिटीका आधारमा नयाँ मापदण्ड बनाउन लागिएको विभागले जनाएको छ । ग्रीन हस्पिटालिटीका लागि के के सूचकहरु राख्ने, यसका लागि पूर्वाधार कस्तो हुनुपर्ने, सेवाको गुणस्तर कस्तो हुनुपर्ने भन्ने सम्बन्धमा विभागले सुझाव मागेको छ ।

के हो ग्रीन हस्पिटालिटी ?

अहिले ‘पर्यावरण संरक्षण सहितको दीगो विकास’ भन्ने विषय विश्वब्यापी बनिरहेको छ । यसैक्रममा होटल तथा आतिथ्य उद्योग पनि विश्वभरी नै ‘ग्रीन हस्पिटालिटी’तर्फ उन्मुख भइरहेको छ । पर्यावरणको सुरक्षा र संरक्षण र ऊर्जा बचतलाई प्राथमिकतामा राख्दै सञ्चालन हुने यो अभ्यासले विश्व पर्यटन बजारको पूरानो शैली र स्वरुपलाई नै परिवर्तन गर्न थालेको छ ।

सामान्यतया, ग्रीन हस्पिटालिटी भनेको होटल तथा रिसोर्टले ऊर्जा सुरक्षा, पानीको प्रभावकारी प्रयोग, फोहोर व्यवस्थापन र कार्बन उत्सर्जन घटाउने उपाय अपनाएर व्यवसाय सञ्चालन गर्ने प्रणाली हो । यसले प्राकृतिक स्रोतको संरक्षणसहित पर्यटन क्षेत्रलाई दिगो बनाउने अपेक्षा गरिएको हुन्छ ।

ग्रीन हस्पिटालिटीका सूचक के के हुन्छन् ?

नेपालमा अहिले ग्रीन हस्पिटालिटीको मोडलमा होटलहरुको वर्गीकरण गर्ने प्रक्रिया सुरु भएपनि धेरै देशहरुमा यो अभ्यास सफलतापूर्वक अघि बढिरहेको छ । ग्रीन हस्पिटालिटीको स्तर मापन गर्न विभिन्न देशहरुले फरक फरक सूचक प्रयोग गरेका हुन्छन् ।

तर, स्वच्छ ऊर्जाको खपत (प्रति कोठा), पानी प्रयोग (प्रति व्यक्ति) फोहोर रिसाइकल (पुनः प्रयोग दर), कार्बन उत्सर्जन तथा स्थानीय स्रोतको उपयोग मुख्य सूचकका रुपमा लिने गरिन्छ । यसका साथै ‘ग्री बिल्डिङ’ मापदण्ड पनि विभिन्न देशले प्रयोगमा ल्याएका छन् ।

पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संस्थाले पनि ग्रीन हस्पिटालिटीको मापदण्ड निर्धारणमा सहयोग गर्दै आएका छन् ।

विश्वव्यापी अभ्यास

ग्रीन हस्पिटालिटी अहिले विश्वब्यापी बन्दैछ । युरोपियन देशहरु स्विडेन, नर्वे र डेनमार्कमा यसका अभ्यास ज्यादा छ । जापान पनि पछिल्लो समय यसका लागि उदाहरणीय मुलुक बनेको छ । कोस्टारिका इको–टुरिजमका लागि ख्याती प्राप्त मुलुकका रुपमा परिचित नै भइसकेको छ ।

यूएई र माल्दिभ्समा पनि लक्जरी होटलहरू सौर्य ऊर्जामा आधारित बन्दै गएका छन् । क्यानडा, न्युजिल्याण्ड, स्वीजरल्याण्ड जस्ता देशहरु ग्रीन हस्पिटालिटीका लागि चर्चित छन् ।

जलवायु परिवर्तनको बढ्दो प्रभावका कारण होटल व्यवसायलाई विभिन्न खालका वातावरणमैत्री मोडेल अपनाउन बाध्य र प्रेरित गरिरहेको देखिन्छ ।

नेपालमा पनि आवश्यक

नेपालको पर्यटन धार्मिक तथा पर्वतीय गतिविधिमा केन्द्रित रहने भएकाले नेपालमा पनि ग्रीन हस्पिटालिटीको अवधारणा आवश्यक रहेको यस क्षेत्रका जानकारहरु बताउँछन् । अहिले होटलको वर्गीकरणका लागि यस सम्बन्धि मापदण्ड राख्न सुझाव मागिएको छ । तर, नेपालका होटलहरुले पहिल्यैदेखि ग्रीन हस्पिटालिटीको अभ्यास गरिरहेको तारे होटलका लगानीकर्ताहरु बताउँछन् ।

एक जना होटल व्यवसायीका अनुसार अहिले नेपालका तारे होटलहरुले सौर्य ऊर्जाको प्रयोग, प्लास्टिकको प्रयोगमा न्यूनीकरण तथा फोहोर व्यवस्थापनमा अपनाएका विधि र प्रक्रियाहरु ग्रीन हस्पिटालिटीकै उदाहरण हुन् । यद्यपी, प्रष्ट मापदण्ड भएको खण्डमा अझ बाध्यकारी बनाउने र त्यसले मुलुकको पर्यटन बजारको विस्तारमा योगदान दिने विश्वास ति व्यवसायीको छ ।

‘नीतिगत रुपमै ग्रीन हस्पिटालिटीलाई प्रवद्र्धन गर्न सके त्यो राम्रै हुन्छ’ ति व्यवसायीले भने, ‘विश्व कता हिडिरहेको छ, त्यसै हामीले पनि पाइला चाल्नुपर्छ ।’

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘कमिशन’का कारण बजारमा खाना पकाउने ग्यासको कृत्रिम अभाव

बजारमा खाना पकाउने ग्यास नपाउने समस्या पुनः देखिन थालेको...

सम्पत्ति विवरण बुझाउने समय एक महिना थपियो

सरकारले गठन गरेको सम्पत्ति छानबिन आयोगले सम्पत्ति विवरण बुझाउने...

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रो लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओ आज बाँडफाँड...

सुनको भाउमा भारी गिरावट

आज बुधबार सुनको भाउमा भारी गिरावट आएको छ ।...

अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा महासंघ उपाध्यक्ष पाण्डेको सम्बोधन, त्रिपक्षीय सहकार्यमा जोड

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रवलजंग पाण्डेले श्रम बजारका...

‘इतिहासकै ठूलो वित्तीय अपराधमा संलग्नबाट पालिएकाहरुले प्रधानमन्त्री र ममाथि आक्रमण गरिरहेका छन्’

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाली इतिहासकै ठूलो वित्तीय अपराधमा...
spot_img