Friday, September 4, 2026
spot_img

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

spot_img

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ। घाम पावरले यो प्रविधि नेपाल ल्याएको हो।

युकेको SoLead Energy र साउथ ह्याम्पटन विश्वविद्यालयको प्राविधिक सहयोगमा यो प्रविधिको नेपालमा परिक्षण थालिएको हो। भेनेडियम फ्लो ब्याट्री विश्वका केही देशमा प्रयोगमा रहे पनि प्रयोगशालाभन्दा बाहिर Soluble Lead-Flow Battery प्रणाली जडान गर्नेमा नेपाल नै विश्वकै पहिलो बनेको छ।

साउथ ह्याम्पटन विश्वविद्यालयका प्रोफेसर रिचार्ड विल्सका अनुसार यस प्रविधिमा प्रयोग भईसकेका खेर जाने lead ब्याट्रीको lead निकालेर उर्जा उत्पादनमा प्रयोग गरिन्छ । प्रयोग भैसकेका lead लाई पुन: प्रयोग गर्न सकिने हुँदा यो वातावरणमैत्री पनि रहेको उनको भनाई छ।

उनका अनुसार परम्परागत लिड-एसिड र महँगो लिथियम-आयन ब्याट्रीको तुलनामा यो निकै भिन्न र सुरक्षित हुन्छ। यसमा विशेष प्रकारको एसिडलाई इलेक्ट्रोलाइटको रुपमा प्रयोग गरिन्छ। जसले लिड (सिसा) लाई पूर्ण रूपमा पगाल्छ। ब्याट्री चार्ज गर्दा पग्लिएको लिड ठोस धातुका रूपमा जम्मा हुन थाल्छ र डिस्चार्ज अर्थात् ब्याट्रीबाट विद्युत खपत गर्दा जम्मा भएका ठोस लिडहरू पुनः पग्लिएर तरल नै बन्छ। यसरी तरल रसायनलाई पटक पटक प्रयोग गरेर विद्युत उत्पादन गर्न सकिन्छ ।

प्रोफेसर रिचार्ड विल्सका अनुसार अहिले यो प्रविधिको लागि आवश्यक पर्ने ८० प्रतिशत सामग्री नेपालमै उपलब्ध सामग्री हुन्। बाँकी २० प्रतिशत मात्र आयातित सामग्री प्रयोग गरिएको छ। यद्यपि हाल आयात गरिएका सामग्री पनि नेपालमै उपलब्ध रहने भएकोले यो प्रविधिको लागि केहि पनि सामग्री आयात गर्नु पर्ने अवस्था भने रहदैन ।

यस ब्याट्रीको अर्को फाइदा भनेको यसले प्ररम्परागत लिड ब्याट्रीभन्दा कम ठाउँ खान्छ। सानो क्षेत्रफलमा पनि धेरै क्षमताको ब्याट्री जडान गर्न सकिन्छ। यो प्रणालीमा रासायनिक प्रतिक्रियाहरू एउटै तरल ट्याङ्कीभित्र हुने भएकोले सानो क्षेत्रफलमा पनि सहजै अट्न सक्ने हुन्छ।

सानो स्केलमा यो महँगो हुने भएपनि जति धेरै क्षमताको लागि निर्माण गर्यो, त्यति नै सस्तो हुँदै जाने घाम पावरका प्रमुख कार्यकारी अधिकृत अन्जल निरौलाको भनाई छ। नेपाल जस्ता विकासोन्मुख देशहरूमा ग्रामीण विद्युतीकरण र ग्रिडलाई स्थिर राख्न यो प्रविधि उपयुक्त हुन सक्ने ठानिएको छ। ग्रिडबाट उपलब्ध हुने बिजुली स्थिर नहुने अहिलेको जस्तो अवस्थामा यो प्रविधि प्रभावकारी हुनेछ।

बिजुली धेरै सस्तो भएको दिउँसोको समयमा यसलाई चार्ज गर्ने र बिजुली धेरै महँगो हुने साँझको समयमा बिजुली निकालेर महँगोमा निर्यात गर्न समेत सकिने हुँदा यसले देशलाई दिर्घकालिन फाइदा हुने सीइओ निरौला बताउछन् । यस ब्याट्रीले धेरै लामो समयसम्म बिजुली भण्डारण गर्न सक्ने भएकोले यो प्रविधि पीआरओआर हाइड्रोको समेत विकल्प हुन सक्ने बताईएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

ह्याप्पी इनर्जी लिमिटेडद्वारा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...