Friday, September 4, 2026
spot_img

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

spot_img

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन् । चिनियाँ पक्षले उनीहरूलाई तातोपानी नाकाको लिपिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो ।

यसअघि बिहीबार ११४ जना नेपाल आइपुगेका थिए ।

सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका १५५ जनामध्ये १४५ जना रसुवाका नागरिक छन् । धादिङका १ जना र काठमाडौंका ९ जना छन् ।

उनीहरुलाई काठमाडौँ ल्याउन उद्योग वाणिज्य संघ सिन्धुपाल्चोकले यातायातको व्यवस्था गरेको छ । यसअघि बिहिबार नेपाल आएकाहरुलाई भोटेकोशी गाउँपालिकाले काठमाडौंसम्म पुग्न यातायातको व्यवस्था गरेको थियो ।

चीनतर्फ करिब ८ सय नेपाली फसेको बताइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

ह्याप्पी इनर्जी लिमिटेडद्वारा २० लाख रुपैयाँ सहयोग

ह्याप्पी इनर्जी लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २०...

नेपाल एयरलाइन्सको निमित्त महाप्रबन्धकको जिम्मेवारी कालाखेतीलाई

सरकारले नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को निमित्त महाप्रबन्धकको जिम्मेवारी...

बुद्ध एयरद्वारा नयाँ सिरिजको जहाजबाट व्यावसायिक उडान शुरु, छठसम्म सस्तो भाडादर

बुध्द एयरले आफ्नो नयाँ सिरिजको ATR-72-600 जहाजबाट व्यावसायिक उडान...