आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

spot_img
spot_img

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो गति मै बग्न थालेको छ । आज दिउँसो पहिरोका कारण दार्चुला जिल्लाको अपिहिमाल गाउँपालिका–१, भट्टारस्थित चौलानी भनिने चमेलिया नदी केही बेर आंशिक थुनिएको थियो।

केही बेर नदी आंशिक थुनिएपनि अहिले भने नदी पुरानै गतिमा बग्न थालेको छ। पहिरो गएको भन्दा करिव १५ किलोमिटर तल अपि पावर कम्पनीको ४० मेगावाटको माथिल्लो चमेलिया जलविद्युत् आयोजना संचालनमा छ । नदी पुरानै अवस्थामा बग्न थालिसकेकोले हाल आयोजनामा कुनै जोखिम नरहेको अपि पावर कम्पनीका प्रबन्ध सञ्चालक सञ्जिव न्यौपानेले जानकारी दिएका छन् । उनका अनुसार हाल आयोजना सुरक्षित छ र कुनै जोखिम छैन ।

नदीको जलस्तरलाई निरन्तर निगरानी गरिरहेको र जोखिमको अवस्था आएमा सोहि अनुसार तत्काल आवश्यक कदम चाल्नको लागि आयोजनाका कर्मचारीले सतर्कर्ता अपनाएको उनको भनाई छ। उनका अनुसार हाल कुनै समस्या देखिएको छैन र आयोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भईरहेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले नदीको तटीय क्षेत्रमा रहेकालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एडाप्टेसन फन्डद्वारा नेपालका तीन वटा जलवायु अनुकूलन परियोजनाका प्रस्ताव स्वीकृत

अनुकूलन कोष (एडाप्टेसन फन्ड)को ४७औँ बोर्ड बैठकले नेपालका तीन...

यस पटकको एनपीएलमा DRS प्रयोग हुने, खेल सुरु हुने समय पनि परिवर्तन

नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा डिसिजन रिभ्यू...

तातोपानी नाकाबाट दुई दिनमा १० कन्टेनर मात्रै नेपाल भित्रिए

यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको नेपाल–चीनको...

तीन दिनको लागि खुल्यो तातोपानी नाका

दसैँका सामान भित्र्याउन तातोपानी नाका आजदेखि अस्थायी रूपमा सञ्चालनमा...

दशैँमा कतैपनि बत्ति जान नदिन विद्युत प्राधिकरण तयारी अवस्थामा

नेपाल विद्युत् प्राधिकरणले बडादशैंका अवसरमा उपभोक्तालाई भरपर्दो, नियमित र...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका १३ निर्णय

नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ असोज ३० गतेको बैठकले विभिन्न...