Sunday, August 2, 2026
spot_img

३ करोड माथिको घरजग्गा कारोबार अब कम्पनीबाट मात्रै, यी २१ मालपोतमा अनिवार्य

spot_img

३ करोड रुपैयाँभन्दा माथिको थैली रकम भएका घरजग्गा कारोबार अब कम्पनीमार्फत मात्रै गर्नुपर्ने भएको छ । भूमि व्यवस्था तथा अभिलेख विभागले ३ करोडभन्दा माथिका घरजग्गा किनबेच गर्दा अनुमति प्राप्त कम्पनीमार्फत मात्रै गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

सोमबार सूचना जारी गर्दै विभागले मंगलबारबाटै यो प्रावधान कार्यान्वयनमा ल्याएको हो । घरजग्गाको कारोबारलाई विचौलियामुक्त बनाउने अभियान अन्तर्गत विभागले कम्पनीमार्फत कारोबार गर्नुपर्ने प्रावधान कार्यान्वयनमा ल्याएको हो ।

विभागले घरजग्गा कारोबारको लाइसेन्स लिएका कम्पनीहरुको नामसमेत सार्वजनिक गरेको छ । कुल ६९ वटा कम्पनीले इजाजात पाएका छन । यीमध्ये ४ वटा कम्पनीले भू–सेवा केन्द्र सञ्चालनको समेत अनुमति पाइसकेका छन् । बाँकी प्रक्रियामा छन् ।

कुन कुन मालपोतबाट अनिवार्य भयो कम्पनीमार्फत कारोबार ?
भूमी व्यवस्थापन विभागले हाललाई महानगरपालिका र उपमहानगरपालिकामा कम्पनीमार्फत कारोबार अनिवार्य गरेको छ । मालोपात कार्यालयतर्फ काठमाडौँका कलंकी र चाबहिल, सुनसरीको धरान, बाराको सिमरा, मकवानपुरको हेटौंडा, चितवनको भरतपुर र चनौली, कास्कीका पोखरा र लेखनाथ, दाङको तुल्सीपुर, रुपन्देहीको बुटवल मालपोतमा अनिवार्य गरिएको छ ।

यस्तै, भूमीसुधार तथा मालपोत कार्यालयतर्फ काठमाडौँको डिल्लीबजार, ललितपुरको लगनखेल, मोरङको विराटनगर, सुनसरीको इनरुवा, पर्साको वीरगन्ज, बाराको कलैया, धनुषाको जनकपुरधाम, बाँकेको नेपालगन्ज, दाङको घोराही र कैलालीको धनगढीमा पनि परिपत्र गर्दै विभागले यो प्रावधान अनिवार्य गराएको छ ।

यस्तो छ विभागको परिपत्रः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको...

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...
spot_img