Sunday, August 2, 2026
spot_img

राष्ट्र बैंकद्वारा ३ वटा वाणिज्य बैंकलाई कारवाही

spot_img

नेपाल राष्ट्र बैंकले ३ वटा वाणिज्य बैंकलाई कारवाही गरेको छ । राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८२ को चौथो त्रैमासमा यो कारवाही गरेको हो। कारवाहीमा पर्नेमा राष्ट्रिय वाणिज्य बैंक, कृषि विकास बैंक र प्रभु बैंक रहेका छन् ।

कसलाई के कारवाही ?

राष्ट्रिय वाणिज्य बैंक 

राष्ट्र बैंकबाट जारी बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ को विनियम ५ को (१) मा उल्लेख भएको व्यवस्थाको उल्लंघन गरी राष्ट्र बैंकको निर्देशन पालना नगरेकोले अब आइन्दा सो विनियमावलीमा भएको व्यवस्था अनुसार समयमै बैंक खाता रोक्का राख्ने व्यवस्था गर्न नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को १ (क) मा भएको व्यवस्थाबमोजिम राष्ट्रिय वाणिज्य बैंक लिमिटेडलाई सचेत गराइएको ।

कृषि विकास बैंक

कृषि विकास बैंकको विशेष स्थलगत निरीक्षणको क्रममा बैंकले बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंक र कानून कार्यान्वयन गर्ने निकायले गरेको अनुरोधबमोजिम समयमै खाता रोक्का नगरी राष्ट्र बैंकको निर्देशन उल्लंघन गरेकोले बैंक खाता रोक्का तथा फुकुवासम्बन्धी विनियमावली, २०८१ (प्रथम संशोधनसहित) मा भएका खाता रोक्कासम्बन्धी व्यवस्थाबमोजिम अनुरोध प्राप्त हुनासाथ खाता रोक्का÷फुकुवा गर्न कृषि विकास बैंक लिमिटेडलाई नेपाल राष्ट्र बैंक ऐन, २०८५ को दफा १०० को उपदफा १(क) बमोजिम सचेत गराइएको ।

प्रभु बैंक 

प्रभु बैंक लिमिटेडको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन, २०८१ मा देखिएका गम्भीर प्रकृतिका कमजोरीहरु समयमै सुधार गर्न बैंक अग्रसर नभएकोले उक्त बैंकको सञ्चालक समितिलाई यस अघि सचेत गराई उल्लिखित कैफियत समयमै सुधार गर्न सुधारको योजना तर्जुमा गरी लागू गर्न उक्त बैंकको सञ्चालक समितिलाई निर्देशन समेत दिइएकोमा २०८१ चैत मसान्तको अपरिष्कृत वित्तीय विवरणको आधारमा २०८२ मा गरिएको उक्त बैंकको जोखिममा आधारित समष्टिगत स्थलगत निरीक्षणका क्रममा समेत उल्लेखित कैफियतहरुमा अपेक्षित सुधार नदेखिएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधन समेत) को दफा १०० को उपदफा १ को खण्ड (ख) बमोजिम सुधारात्मक कदम चाल्नका लागि प्रभु बैंक लिमिटेडको सञ्चालक समितिलाई कबुलियतनामा गराइएको ।

प्रभु बैंक 

प्रभु बैंक लिमिटेडको विगतका समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदनहरुमा कर्जाका सम्बन्धमा दिइएका अधिकांश निर्देशनहरु बैंकले पालना नगरी राष्ट्र बैंकबाट जारी भएका निर्देशनहरु पटक पटक उल्लंघन गरेको, बैंकको समष्टिगत स्थलगत निरीक्षण प्रतिवेदन २०८२ अनुसार अघिल्लो निरीक्षण प्रतिवेदनमा उल्लिखित अधिकांश कैफियतहरु सुधार नगरेको, राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८१ को इ.प्रा.निर्देशन नं २ बमोजिम कर्जाहरुको वर्गीकरण नगरी पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको र राष्ट्र बैंकमा पेश गरेको कर्जा सम्बन्धी विवरण बैंकको कोर बैकिङ्ग सिस्टमबाट प्राप्त हुनेकर्जा विवरण भन्दा फरक हुने गरी पेश गरेको हँुदा बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशन उल्लंघन गरेकोले निजलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (संशोधनसमेत) को दफा १०० उपदफा २(ग) बमोजिम रु.पाँच लाख रुपैँया नगद जरिवाना गराइएको ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यी ३ कारण, जसले नेपालमा पटकपटक ग्यासको अभाव गराइरहन्छ

अहिले काठमाडौँ उपत्यकासहित देशभरी नै खाना पकाउने ग्यास सहज...

सुगम घिमिरेको अध्यक्षतामा नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चमा नयाँ नेतृत्व

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो...

५१.८४ प्रतिशतले बढ्यो साहस उर्जाको खुदनाफा, ईपीएस २९.७२ रुपैयाँ

साहस उर्जा लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासको...

हरेक दिन एक जनालाई लखपति बनाउने ‘करदाता प्रोत्साहन पोर्टल’ सञ्चालनमा

आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रममा सहभागी हुन...

भियतनामको परराष्ट्र मन्त्रालयद्वारा अवैतनिक महावाणिज्यदूत श्रेष्ठ सम्मानित

नेपालका लागि भियतनामका अवैतनिक महावाणिज्यदूत राजेशकाजी श्रेष्ठलाई भियतनामको परराष्ट्र...

सुप्रिम वाइनले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेशनल क्यापिटल

सुप्रिम वाइन नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...
spot_img