Tuesday, July 21, 2026
spot_img

नेपालको ‘पहिलो’ रियल स्टेट ब्रोकर कम्पनी बन्यो हिमालयन रियल्टर्स, सीएहरुको लगानी

spot_img

हिमालयन रियल्टर्स प्रालीले घरजग्गा सम्बन्धी कारोबार गर्ने लाईसेन्स पाएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागले फागुन ४ गते कम्पनीलाई घरजग्गा सम्बन्धी कारोबार गर्न सक्ने गरि लाईसेन्स दिएको हो  ।

विभागले ३६ कम्पनीलाई लाईसेन्स दिएकोमा हिमालयन रियल्टर्स पहिलो नम्बरमा रहेकोले आफु नेपाल कै पहिलो रियल स्टेट ब्रोकर कम्पनी बन्न सफल भएको कम्पनीले जनाएको छ । कम्पनीको लाईसेन्स नम्बर BRK1835451 रहेको छ।

कम्पनीले मालपोत ऐन, २०३४ को दफा २६क. तथा मालपोत नियमावली, २०३६ को नियम २३ को उपनियम (२) बमोजिम घरजग्गा सम्बन्धी कारोबार गर्न लाईसेन्स पाएको हो। कम्पनीले  भरतपुर महानगरपालिका, हेटौडा उ.म.न.पा., विराटनगर महानगरपालिका, धरान उपमहानगरपालिका, ईटहरी उपमहानगरपालिका, पोखरा महानगरपालिका, बुटवल उपमहानगरपालिका, जीतपुर सिमरा उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, तुल्सीपुर उपमहानगरपालिका, नेपालगञ्ज उपमहानगरपालिका, काठमाण्डौ महानगरपालिका, ललितपुर महानगरपालिका, धनगढी उपमहानगरपालिका, जनकपुर उपमहानगरपालिका, विरगंज महानगरपालिका, र कलैया उपमहानगरपालिकामा घर जग्गा सम्बन्धि कारोबार गर्न पाउँछ ।

एक पटकको कारोबारको अधिकतम सीमा  पाँच करोड रुपैयाँ भन्दा घटी वा बढी जतिसुकै हुन सक्ने छ। कम्पनीको लाईसेन्स अवधि २०८७ फागुन ३ गतेसम्म रहेको छ ।

यस कम्पनीका संस्थापकमा सीएहरु रहेका छन् । कम्पनीका अध्यक्ष माधव पोखरेल हुन् भने अन्य संचालकमा प्रकाश अधिकारी र सरिता ज्ञवाली रहेका छन् ।

यो पनि : २१ ठाउँबाट घरजग्गा पास गर्दा कम्पनीमार्फत नै कारोबार गर्नुपर्ने, यी ३६ वटाले पाए लाईसेन्स

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

शिक्षा र स्वास्थ्यको ३ प्रतिशत कर: आर्थिक ऐनमा लेखिएको कुरा प्रधानमन्त्रीको स्टाटसले हट्छ ?

प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले निजी स्कुलमा बालबालिका पढाउने अभिभावक...

दुई वटा समस्याग्रस्त सहकारीका १२५ जना बचतकर्ताको रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाइ हाम्रो...

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर तत्काल लागू नहुने

सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको ३ प्रतिशत...

लक्ष्मी कमर्सियल भेहिकल्सद्वारा सुर्खेतमा ग्राहक भेटघाट, नयाँ स्कुल बस ‘हिरोई’ सार्वजनिक

एसएमएल महिन्द्राको नेपालका लागि एकमात्र वितरक लक्ष्मी कमर्सियल भेहिकल्स...

नेपालमा प्रोटोन इ.मास ५ सार्वजनिक, सुरुवाती मूल्य रू. २९.९९ लाख

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

औषधिको मूल्य बढ्दै

१० वर्षदेखि समायोजन हुन नसकेको औषधि मूल्य अब भने...
spot_img