Sunday, September 13, 2026
spot_img

रसुवा बाढीः १२ बैंकका १७ शाखा प्रभावित, ७ अर्ब २४ करोड बराबरको क्षति

spot_img

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण १२ वटा बैंकका १७ वटा शाखा प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति र मूल्याङ्कन प्रतिवेदनअनुसार बैंकहरुले ७ अर्ब २४ करोड रुपैयाँ बराबरको क्षति ब्यहोरेका छन् ।

जसमध्ये सबैभन्दा बढी कृषि विकास बैंकमा भएको छ । बैंकको एउटा शाखाबाट ६५ करोड बराबरको क्षति भएको छ । यसैगरी, सिटिजन्स बैंकको एउटा शाखा प्रभावित हुँदा एक करोड ५६ लाख रुपैयाँको क्षति भएको छ ।

ग्लोबल आइएमई बैंकको एउटा शाखा प्रभावित हुँदा ११ लाख रुपैयाँको क्षति भएको छ । हिमालय बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख रुपैयाँको क्षति भएको छ । लक्ष्मी सनराइज बैंकको पनि एउटा शाखा प्रभावित हुँदा एक करोड १२ लाख रुपैयाँको क्षति भएको छ । माछापुच्छ्रे बैंकको एउटा शाखा प्रभावित हुँदा ७५ लाख, नबिल बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपैयाँको क्षति भएको छ ।

एनआइसी एसिया बैंकका तीन वटा शाखा प्रभावित हुँदा ८८ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकका तीन वटा शाखा प्रभावित हुँदा ४० लाख रुपैयाँको क्षति भएको छ ।

एनएमबी बैंकको एउटा शाखा प्रभावित हुँदा ४ लाख रुपैयाँको क्षति भएको छ । प्रभु बैंकका दुई वटा शाखा प्रभावित हुँदा ५३ लाख रुपैयाँको क्षति भएको छ भने सानिमा बैंकको एउटा शाखा प्रभावित हुँदा ६३ लाख रुपैयाँको क्षति भएको छ ।

रकमबाहेक छुट्टै १९ करोड ५९ लाख रुपैयाँको क्षति भएको छ । प्रतिवेदनअनुसार नुवाकोटको विदुरमा ६ करोड ४० लाख, रसुवाको गोसाइँकुण्डमा ९ करोड ५३ लाख, कालिका गाउँपालिकामा ७९ लाख र उत्तरगया गाउँपालिकामा ३ करोड २३ लाख रुपैयाँको क्षति भएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्राविधिक सीप विकासदेखि अन्तर्राष्ट्रिय प्रशिक्षणसम्म: लक्ष्मी हुन्डाईका प्राविधिक दक्षिण कोरिया पुगे

सीप विकासलाई अन्तर्राष्ट्रिय प्रशिक्षणसँग जोड्दै लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा...

बाढी प्रभावितका लागि प्याब्सनको १२ करोड सहयोग, प्रभावित ५ विद्यालयका लागि २ करोड

निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले रसुवा,...

भदौको करदाता उपहार योजनाका विजेता असोज १ गते छानिने

रसुवाको भोटेकोशीमा आएको बाढीका कारण स्थगन गरिएको भदौ महिनाको...

रावल आयोगले औंल्याएको अतिक्रमित सम्पूर्ण जग्गा सरकारको नाममा कायम गर्ने निर्णय

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

आधा घण्टाका लागि भनेर ४ उद्योगीलाई बोलाएका प्रधानमन्त्रीले २ घण्टा बिताए, के भयो छलफल ?

प्रधानमन्त्री बालेन्द्र शाहले आज मुलुकका पाँच जना प्रतिष्ठित उद्योगपतिलाई...

सिबिफिनको कार्यवाहक अध्यक्षमा राजेश उपाध्याय

बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल ९सिबिफिन० को कार्यवाहक...