चालु आर्थिक वर्षको ४ महिनामा नेपालले ५० करोडको सिमेन्ट र १८ करोडको क्लिङ्कर निर्यात गरेको छ । भन्सार विभागले बुधबार सार्वजनिक गरेको साउनदेखि कार्तिक सम्मको तथ्याङ्क अनुसार नेपालले सिमेन्ट र क्लिङ्कर निर्यात गरेर ६८ करोड ४५ लाखभन्दा बढी मुद्रा भित्र्याएको छ ।
यस अवधिमा नेपालबाट भारततर्फ १८ करोड २३ लाख ८७ हजार मूल्य बराबरको ५ लाख १० हजार १७५ टन क्लिङ्कर र ५० करोड २१ लाख ४८ हजार मूल्य बराबरको ७३ हजार ८३१ टन तयारी सिमेन्ट निर्यात भएको छ ।
पछिल्ला वर्षहरुमा नेपालबाट भारततर्फ सिमेन्टको राम्रो निकासी भइरहेको छ । तर, समय समयमा भारतीय पक्षले इन्डियन स्ट्याण्डर्डको किचलो झिक्दा सम्भावना अनुसारको निकासी भने हुन नसकिरहेको नेपाली उद्योगीहरुको गुनासो छ ।
आर्थिक वर्ष २०८२/०८३ मा नेपालले भारतमा करिब २ अर्ब ३ करोड रुपैयाँको सिमेन्ट र ७९ करोड ७८ लाख रुपैयाँभन्दा बढीको क्लिङ्कर निर्यात गरेको थियो ।









