चालु आर्थिक वर्ष २०८३/०८४ को पहिलो ४ महिनामा ९ हजार विद्युतीय गाडी नेपाल भित्रिएका छन् । भन्सार विभागले सार्वजनिक गरेको साउनदेखि कार्तिक सम्मको तथ्यांक अनुसार यस अवधिमा ९ हजार ४८ युनिट ईभी आयात भएका हुन् ।
चीनबाट ६ हजार ४८७, जर्मनीबाट एक, भारतबाट १ हजार ९८२, थाइल्याण्डबाट ५७६ र अमेरिकाबाट दुइ युनिट ईभी नेपालमा आयात भएका छन् ।
भन्सार विभागका अनुसार २० अर्ब ३१ करोड २३ लाख ५१ हजार मूल्य बराबरका कुल ९ हजार ४८ युनिट ईभी आयात हुँदा सरकारले १२ अर्ब ९ करोड १० लाख ४५ हजार रुपैयाँ राजस्व प्राप्त गरेको छ ।
भोटेकोशी बाढीले रसुवागढी नाका अवरुद्द बनाएपछि अहिले व्यवसायीहरुले मुस्ताङको कोरला नाका हुँदै गाडी आयात गरिरहेका छन् ।









