Thursday, August 13, 2026
spot_img

महासंघले पाएन ‘महिला उपाध्यक्ष’

spot_img

नेपाल उद्योग वाणिज्य महासंघले महिला उपाध्यक्ष नपाउने पक्का भएको छ । विधानमा केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला पुगेपछि एक जना उपाध्यक्ष हुने प्रावधान छ । तर, मंगलबार भएको निर्वाचनबाट पर्याप्त संख्यामा महिलाहरु निर्वाचित हुन सकेनन् ।

विधानको दफा २९ को उपदफा २९.७ मा ‘महिला उपाध्यक्ष सम्पूर्ण कार्यकारिणी समिति मध्येबाट निर्वाचित हुनेछ । दुइ कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्नेछ । कार्यकारिणी समितिमा कम्तीमा बाह्र जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष एकजना हुनेछ’ भनिएको छ ।

तर, यसपाली जम्मा ६ जना महिलाहरु मात्रै निर्वाचित भएका छन् । जिल्ला नगर तर्फको महिला कोटाबाट गीता अमात्य (नुवाकोट) र हिरा भट्टराई (पोखरा) निर्वाचित भएका छन् ।

यसअघिः

उद्योग वाणिज्य महासंघले ‘महिला उपाध्यक्ष’ पाउने सम्भावना अत्यन्त कम

यस्तै, वस्तुगत तर्फको महिला कोटाबाट कृषि मेशिनरी व्यवसायी संघकी सुनिता न्हेम्हाफुकी निर्वाचित भएकी छिन् । उनले हेमराज ढकाल समूहबाट महिला उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तावित कमला श्रेष्ठलाई नै पराजित गरेकी हुन् ।

यसैगरी, वस्तुगत महासंघको खुलातर्फ उम्मेदवारी दिएकी क्यान महासंघकी सुनैना घिमिरे निर्वाचित भएकी छिन् ।

एसोसियट तर्फको महिला कोटाबाट बुकिङ वेज नेपाल प्रा.लि.की अभिज्ञा मल्ल र सेवा सेक्युरिटिज प्रा.लि.की जुना माथेमा निर्वाचित भएका छन् ।

अब अध्यक्षले ७ जनालाई केन्द्रीय सदस्यमा मनोनित गर्दा अनिवार्य रुपमा दुइ जना महिलालाई मनोनित गर्नुपर्नेछ । मनोनितबाट दुइ जना थपिँदा पनि केन्द्रीय कार्यकारिणी समितिमा महिला सदस्य जम्मा ८ जना मात्रै हुनेछन् । यसकारण यसपाली महासंघले महिला उपाध्यक्ष नपाउने भएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...

गरिमा क्यापिटलको निमित्त सीइओमा अशोक सुवेदी

गरिमा क्यापिटलको निमित्त प्रमुख कार्यकारी अधिकृतमा अशोक सुवेदी नियुक्त...
spot_img