Wednesday, April 29, 2026
spot_img
spot_img

उद्योग वाणिज्य महासंघले ‘महिला उपाध्यक्ष’ पाउने सम्भावना अत्यन्त कम

spot_img
spot_img

नेपाल उद्योग वाणिज्य महासंघमा पहिलोपटक महिला उपाध्यक्षको प्रावधान राखिए पनि यसपालिको निर्वाचनमा त्यो पद हासिल हुने सम्भावना असम्भव प्राय देखिएको छ । विधानको सर्त अनुसार महिला उपाध्यक्षका लागि महिलाको प्रतिनिधित्व संख्या नै मुख्य बाधक बनेको हो ।

महासंघको विधानअनुसार महिला उपाध्यक्ष बन्न कम्तीमा १२ जना महिला केन्द्रीय कार्यकारिणी सदस्य निर्वाचित हुनुपर्छ । तर, यसपालिको निर्वाचनमा कुल महिला उम्मेदवारकै संख्या १२ मात्रै भएकाले आवश्यक संख्या पुग्ने सम्भावना अत्यन्त न्यून देखिएको छ । विधानको दफा २९ को उपदफा २९.७ मा महिला उपाध्यक्ष चयनको प्रक्रिया उल्लेख छ । जस अनुसार महासंघले आगामी कार्यकालका लागि महिला उपाध्यक्ष पाउने सम्भावना कमजोर देखिएको हो ।

विधानमा भनिएको छ, ‘महिला उपाध्यक्ष सम्पूर्ण कार्यकारिणी समिति मध्येबाट निर्वाचित हुनेछ । दुइ कार्यकाल सदस्य भइसकेको बहालवाला सदस्य मात्र उक्त पदमा उम्मेदवार बन्न सक्नेछ । कार्यकारिणी समितिमा कम्तीमा बाह्र जना महिला सदस्य भएमा मात्र महिला उपाध्यक्ष एकजना हुनेछ ।’

उम्मेदवार कम, प्रतिस्पर्धा झन् कठिन
विधानले १२ जना महिला केन्द्रीय कार्यकारिणी समितिमा निर्वाचित भएमा मात्रै महिला उपाध्यक्षको परिकल्पना गरेको छ । तर, केन्द्रीय सदस्यमा जम्मा महिला उम्मेदवार नै १२ जना मात्रै छन् ।

जिल्ला नगरको महिला कोटातर्फ जिल्ला नगरबाट २ जना निर्वाचित हुनेमा ४ जनाको उम्मेदवारी छ । गीता अमात्य (नुवाकोट), रोशनी मैया धौवन्जा (भक्तपुर), हिरा भट्टराई (पोखरा) र शुष्मा महरा श्रेष्ठ (काठमाडौँ) यो क्लस्टरमा उम्मेदवार छन् । यी ४ जनामध्ये २ जना निर्वाचित हुनेछन् । वस्तुगत खुलातर्फ महिला उम्मेदवार नै छैनन् । वस्तुगत महिलातर्फ १ जना निर्वाचित हुनेमा सुनिता न्यहेमाफुकी र कमला श्रेष्ठ उम्मेदवार छन् । यी दुइमध्ये एक जना मात्रै निर्वाचित हुनेछन् ।

यस्तै, वस्तुगत महासंघको खुलातर्फबाट २ जना निर्वाचित हुनेमा ४ जनाको उम्मेदवारी परेपनि महिला उम्मेदवार एक जना मात्रै छिन् । यो क्लस्टरबाट ३ जना पुरुष उम्मेदवार हुँदा क्यान महासंघकी सुनैना घिमिरेले उम्मेदवारी दिएकी छिन् ।

एसोसियट खुलामा पनि महिला उम्मेदवार अम्बिका शर्मा लामिछाने मात्रै छिन् । एसोसियटको महिला कोटामा २ जना निर्वाचित हुनेमा अविज्ञा मल्ल, जुना माथेमा, जमुना पौडेल र शोभा ज्ञवाली उम्मेदवार छन् । यस आधारमा खुला र महिला कोटामा गरेर जम्मा १२ जना महिलाहरु मात्रै केन्द्रीय सदस्यका उम्मेदवार छन् ।

जबकी, महिला उपाध्यक्षका लागि १२ जना केन्द्रीय सदस्य अनिवार्य छ । एसोसियट खुलाबाट अम्बिका शर्मा लामिछाने र वस्तुगत महासंघको खुलातर्फबाट सुनैना घिमिरेले निर्वाचन जितेमा क्लस्टरबाट आउनेसहित महासंघमा निर्वाचित महिला केन्द्रीय सदस्य जम्मा ७ जना मात्रै हुनेछन् । तर, क्लस्टरबाट आउने संख्या निश्चित हुने भएपनि खुलाबाट लामिछाने र घिमिरे दुबै जनाले चुनाव जित्छन् भन्ने ग्यारेन्टी हुँदैन ।

मनोनितले पनि पुग्दैन संख्या
अध्यक्षले ७ जनालाई केन्द्रीय कार्यकारिणी समितिमा मनोनित गर्दा २ जना अनिवार्य महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नुपर्ने प्रावधान छ । त्यसरी २ जना थपिँदा पनि महिला उपाध्यक्षका लागि चाहिने १२ जना पुग्न सक्ने सम्भावना कम छ ।

तर, कतिपयले भने उपाध्यक्षका दुइ उम्मेदवार ज्योत्सना श्रेष्ठ र कल्पना गैह्रेलाई पनि गणना गरेर अहिले नै १४ जना महिला उम्मेदवार रहेको र यीमध्ये कम्तीमा १० जनाले चुनाव जित्ने दाबी गरिरहेका छन् । यदि १० जनाले चुनाव जितेमा २ जना मनोनितबाट १२ जना पुग्ने उनीहरुको हिसाब छ । तर, यो ब्याख्या विधानसम्मत देखिँदैन ।

‘महासंघले पहिलोपटक महिला उपाध्यक्षको प्रबन्ध गरेपनि यसपाली त्यो सम्भावना कम छ’ एक जना बहालवाला केन्द्रीय सदस्यले भने, ‘अब अर्कोपटकदेखि चाहिँ महिलाहरुको उम्मेदवारी बढ्ने देखिन्छ । महिलाहरुको उम्मेदवारी बढ्नु भनेको निर्वाचित हुने दर पनि बढ्नु हो ।’

महासंघमा दुइ समूहबीच प्यानलसहित प्रतिस्पर्धा हुँदैछ । हेमराज ढकाल समूहले कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारका रुपमा प्रस्तुत गरेको छ । अहिले उम्मेदवारी दिएका महिलामध्ये श्रेष्ठको मात्रै महिला उपाध्यक्षका लागि विधानतः योग्यता पुग्छ । उनले आफूलाई महिला उपाध्यक्ष भइसकेको जसरी प्रचार पनि गरिरहेकी छिन् । तर, उनी यसपाली महिला उपाध्यक्ष बन्ने सम्भावना करिब करिब शून्य बराबर नै रहेको देखिन्छ ।

चैत २९ र ३० गतेका लागि तय भएको महासंघको साधारणसभा र निर्वाचन अदालतको आदेशबाट स्थगित भएसँगै बैशाख २१ र २२ गतेका लागि तोकिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

केही ब्रोकरले कोल्याट्रलमा गडबड गरेपछि नेप्सेको कडा निर्देशन, २५ % रकम पहिल्यै तिर्नुपर्ने

नेपाल स्टक एक्सचेन्ज नेप्सेले शेयर कारोबारमा खरिद आदेश प्रविष्ट...

चेम्बरद्वारा उद्योगमन्त्रीलाई सुझावः एमआरपी कार्यान्वयनमा व्यवहारिकता अपनाइयोस्

नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी...

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपतिलाई गर्यो सिफारिस

सरकारले थप ३ वटा अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष...

चक्रपथ विस्तार गर्न चीनले दिने भयो ११ अर्ब, कलंकी–बसुन्धरा खण्डमा खर्च गरिने

काठमाडौँको चक्रपथ (रिङ रोड) विस्तार गर्न चीन सरकारले थप...

खातामा प्यान र ईमेल अपडेट गर्न ग्राहकलाई एनआईसी एशिया बैंकको आग्रह

एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा...

Nepal’s Banking Sector: Progress and Emerging challenges

Author: Deepak Luitel Past and Present of Banking sector From simple...
spot_img