Thursday, August 13, 2026
spot_img

महासंघमा वरिष्ठ उपाध्यक्षका आकांशी थपिँदै, अहिलेसम्म ७ जनाको दाबेदारी

spot_img

नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षका आकांशीहरु थपिन थालेका छन् । चैत २९ र ३० गतेका लागि तय भएको साधारणसभा र चुनाव २०८३ बैशाख २१ र २२ गतेका लागि सरेपछि वरिष्ठ उपाध्यक्षका आकांक्षीहरु पनि थपिन थालेका हुन् ।

हुन त हालसम्म हेमराज ढकाल बाहेकका आकांक्षीहरुले औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । यद्यपी, हालका उपाध्यक्षमध्ये ज्योत्सना श्रेष्ठले एसोसियट उपाध्यक्षमै पुनः उम्मेदवारी दिएपछि बाँकी दुई उपाध्यक्षमध्ये ढकाल र सुरकृष्ण वैद्य स्वभाविक रुपमा वरिष्ठ उपाध्यक्षका दाबेदार छन् । वैद्यले पनि औपचारिक रुपमा उम्मेदवारी घोषणा नगर्ने समूहको नीति भन्दै हालसम्म औपचारिक रुपमा उम्मेदवारी प्रस्तुत गरेका छैनन् । तैपनि उनले भावी अध्यक्ष अन्जन श्रेष्ठको समर्थनमा आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने बताउँदै आएका छन् ।

हालका कोषाध्यक्ष भरतराज आचार्यलाई पनि वरिष्ठ उपाध्यक्षको सम्भावित पात्रका रुपमा हेरिएको छ । औपचारिक रुपमा उम्मेदवारी घोषणा नगरेपनि उद्योगी व्यवसायीहरुले नै आचार्यलाई सम्भावित पात्रका रुपमा लिँदै आएका छन् । ‘युवा नेतृत्वको कुरा छ, विधान अनुसार उहाँको योग्यता पनि पुगेको छ’ एक जना केन्द्रीय सदस्यले भने, ‘लिडरशीप र नेगोसियशनमा उहाँको क्षमता पनि राम्रो छ । हामीले उहाँलाई अघि बढ्दा राम्रो हुन्छ भन्ने सल्लाह दिएका छौँ । अब के निर्णय लिनुहुन्छ, त्यो चाहिँ उहाँको कुरा भयो ।’

आचार्यले भने अहिलेसम्म औपचारिक रुपमा यसबारे केही बोलेका छैनन् । उनी अहिले जिल्ला नगर, वस्तुगत र एसोसियट तर्फबाट पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेदवार बनेका उद्योगी व्यवसायीहरुसँग परामर्शमै रहेको बुझिएको छ । ‘साथीहरुले के भन्छन्, साथीहरुको चाहना के छ भनेर अहिले उहाँले परामर्श लिइरहनु भएको जस्तो बुझिन्छ’ अर्का एक केन्द्रीय सदस्यका उम्मेदवारले भने, ‘उहाँ जस्तो युवा र भिजनरी व्यक्ति आउँदा राम्रै हुन्छ भन्ने हाम्रो पनि कुरा हो । हेरौँ, अब के गर्नुहुन्छ ।’

हालका पदाधिकारीबाहेक पूर्व उपाध्यक्ष रामचन्द्र सांघाई पनि वरिष्ठ उपाध्यक्षमा उम्मेदवार बन्ने भएका छन् । उनले बिजनेश पानासँगको कुराकानीमार्फत आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने बताइसकेका छन् । पूर्व अध्यक्षहरुसहित महासंघप्रति चासो राख्ने उद्योगी व्यवसायीहरुसँग छलफल र संवाद गरेर आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी निर्णय गरेको उनको भनाइ छ । ‘मैले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने पक्का भयो’ सांघाईले भने, ‘मेरो उम्मेदवारी स्वभाविक छ । क–कसले सहयोग गर्ने, समर्थन गर्ने भन्ने कुरा अहिले सार्वजनिक गर्नु उचित हुँदैन । र, तामझामका साथ उम्मेदवारी घोषणा गर्नु पनि पर्दैन, मेरो उम्मेदवारी घोषणा गरे बराबर नै छ ।’

यस्तै, अर्का पूर्व उपाध्यक्ष दिनेश श्रेष्ठले पनि वरिष्ठ उपाध्यक्षमा आफ्नो उम्मेदवारी रहने बताएका छन् । बिजनेश पानासँग कुरा गर्दै उनले सबै उद्योगी व्यवसायी र महासंघका पूर्व र बहालवाला पदाधिकारीसँग छलफल गरेरै आफूले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन् । ‘वरिष्ठ उपाध्यक्षमा मेरो उम्मेदवारी रहन्छ’ श्रेष्ठले भने, ‘योग्यता र अनुभव दूबैलाई हेरेर साथीहरुले अघि बढ्नुपर्छ भनेपछि म वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने निर्णयमा पुगेको हुँ ।’

यस्तै, पूर्व पदाधिकारीबाट किशोर प्रधान र भाष्करराज राजकर्णिकारलाई पनि वरिष्ठ उपाध्यक्षको उम्मेदवारका रुपमा हेरिएको छ । प्रधानले हालसम्म मुख नखोले पनि राजकर्णिकारले भने एउटा कार्यक्रममा आफू सहितलाई इङ्गित गर्दै ‘यहाँ उपस्थित भएका जति धेरै साथीहरु उम्मेवार छौँ, हामी मञ्चमा बसेका जति त सबै वरिष्ठ उपाध्यक्षका उम्मेदवार भइहाल्यौँ’ भनेका थिए ।

विधानमा के छ व्यवस्था ?

महासंघको संशोधित विधानमा एक जना वरिष्ठ उपाध्यक्षको प्रावधान छ । जसमा कुनैपनि सदस्य समूह (जिल्ला नगर, वस्तुगत, एसोसियट, दुई–राष्ट्रिय) मध्येबाट तीन कार्यकाल सदस्य भइसकेको बहालवाला कार्यकारिणी समिति सदस्य वा एक कार्यकाल पदाधिकारी भइसकेको मध्येबाट कार्यकारिणी समितिले वरिष्ठ उपाध्यक्ष चयन गर्ने व्यवस्था छ ।

पदाधिकारीमा वरिष्ठ उपाध्यक्षको मर्यादाक्रम तेस्रो नम्बरमा छ । अध्यक्ष, निवर्तमान अध्यक्ष हुँदै त्यसपछिको वरियता भने वरिष्ठ उपाध्यक्षको हुनेछ । तर, अध्यक्षको कार्यकारिणी अधिकार प्रयोग गर्ने सम्बन्धमा भने अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले त्यस्तो अधिकार पाउनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

७७ हजारले अवलोकन गरे नाइमा एक्स्पो

काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा...

सरकारको करदाता प्रोत्साहन उपहार कार्यक्रममा जोडियो कामना सेवा विकास बैंक

कामना सेवा विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई नेपाल सरकार,...

ऊर्जा मन्त्रीद्वारा थप ३ सल्लाहकार नियुक्त, इप्पानका निवर्तमान अध्यक्ष कार्की पनि समेटिए

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले आफ्नो...

NIMB का सीइओ र संचालक विरुद्द मुद्दा दर्तापछि बैंक संचालनबारे कानूनी परामर्शमा राष्ट्र बैंक

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत र ६...

मुस्ताङ ब्राण्डमा मदिरा उत्पादन गर्ने धनुषा डिष्टिलरीले आईपीओ निष्काशन गर्ने

धनुषा डिष्टिलरी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...

एनसेलले भन्यो ‘सरकारले नै वैदेशिक लगानीको वातावरणलाई धमिलो बनायो’

एनसेलको शेयर खरिद-बिक्री सम्बन्धी अध्ययन तथा छानबिन समितिको प्रतिवेदन...
spot_img