बाढीका कारण १२९२ मेगावाट बिजुली प्रणाली बाहिर, हिउँदमा ११५४ मेगावाट आयातको योजना

spot_img

भदौ र असोज महिनामा आएको बाढी र पहिरोको कारण १२९२ मेगावाट बिजुली प्रणाली भन्दा बाहिर गएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भदौ १० तथा असोज ९ देखि ११ सम्म आएको बाढी र पहिरोका कारण ३८ वटा जलविद्युत आयोजनाको बिजुली प्रणाली बाहिर गएको छ।

११ वटा आयोजनाको भने आयोजना सुरक्षित रहेकोले प्रसारणलाइन र सबस्टेसनको समस्या समाधान भएपछि ति आयोजनाबाट विजुली उत्पादन सुरु हुन सक्ने छ । ९ वटा आयोजनामा भने बाढी पहिरोले क्षति गरेकोले मर्मतपछि मात्र बिजुली उत्पादन सम्भव हुने छ । बाँकी आयोजना भने भदौ १० कै बाढीका कारण प्रभावित भएका हुन् ।

एकै साथ झन्डै १३ सय मेगावाटको बिजुली प्रणाली बाहिर गएपछि प्राधिकरणलाई आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न चुनौतिपूर्ण हुने देखिएको छ । प्राधिकरणका आँकलन अनुसार सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता-१२१८ मेगावाट रहेको छ। बाँकी विजुली भारतबाट आयात गर्ने प्राधिकरणको योजना छ।

माग-आपूर्ति सन्तुलनका लागि ढल्केवर- मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर- महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्‍न बिन्दुबाट ३५० मेगावाट, RTC को माध्यमबाट १५० मेगावाट गरी कुल ११५४ मेगावाट विभिन्‍न प्रकृयाबाट आयात गरिने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता २३७२ मेगावाट हुने अनुमान गरिएको छ।

प्राधिकरणका अनुसार अघिल्लो वर्षको सुखायामको उच्‍चतम राष्‍ट्रिय विद्युत माग २२९२ रहेको थियो।

यी हुन् बाढीका कारण उत्पादन बन्द रहेका आयोजना :

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

३ वटा अध्यादेश ल्याउने सरकारको निर्णय

सरकारले ३ वटा अध्यादेश जारी गर्ने निर्णय गरेको छ।आज...

चाडपर्व सुरक्षामा ५० हजार प्रहरी परिचालित, लामो दूरीका गाडीमा २ जना चालक अनिवार्य

नेपाली समुदायहरूको नजिकिँदै गरेको महान चाड ‘बडादशै, दिपावली, नेपाल...

नेपाल एसबिआई बैंकद्वारा वृद्वआश्रमलाई सहयोग, दुई शाखा स्थानान्तरण

नेपाल एसबिआई बैंक लि. ले बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम...

बजारमा सेन्चुरी चाउचाउ, भाटभटेनीमा विशेष स्टल सञ्चालन

सेन्चुरी ग्रुपअन्तर्गतको सेन्चुरी स्पाइसेज एन्ड स्न्याक्सले नेपाली उपभोक्तालाई लक्षित...

दशैँका लागि एटीएमबाटै नयाँ नोट पाइने

दशैँका लागि नयाँ नोट आवश्यक पर्नेले एटीएम मेशिनबाटै पाउने...

होटल संघले आतिथ्य दिवसको अवसरमा ‘होटल एक्स्पो’ आयोजना गर्ने

होटल संघ नेपाल (हान)ले वर्षेनी मनाउँदै आएको ‘आतिथ्य दिवस’को...