भदौ र असोज महिनामा आएको बाढी र पहिरोको कारण १२९२ मेगावाट बिजुली प्रणाली भन्दा बाहिर गएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार भदौ १० तथा असोज ९ देखि ११ सम्म आएको बाढी र पहिरोका कारण ३८ वटा जलविद्युत आयोजनाको बिजुली प्रणाली बाहिर गएको छ।
११ वटा आयोजनाको भने आयोजना सुरक्षित रहेकोले प्रसारणलाइन र सबस्टेसनको समस्या समाधान भएपछि ति आयोजनाबाट विजुली उत्पादन सुरु हुन सक्ने छ । ९ वटा आयोजनामा भने बाढी पहिरोले क्षति गरेकोले मर्मतपछि मात्र बिजुली उत्पादन सम्भव हुने छ । बाँकी आयोजना भने भदौ १० कै बाढीका कारण प्रभावित भएका हुन् ।
एकै साथ झन्डै १३ सय मेगावाटको बिजुली प्रणाली बाहिर गएपछि प्राधिकरणलाई आगामी हिउँदमा विद्युत माग व्यवस्थापन गर्न चुनौतिपूर्ण हुने देखिएको छ । प्राधिकरणका आँकलन अनुसार सुखायाममा आन्तरिक उत्पादनबाट उपलब्ध हुने अनुमानित कुल विद्युत क्षमता-१२१८ मेगावाट रहेको छ। बाँकी विजुली भारतबाट आयात गर्ने प्राधिकरणको योजना छ।
माग-आपूर्ति सन्तुलनका लागि ढल्केवर- मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर- महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट, RTC को माध्यमबाट १५० मेगावाट गरी कुल ११५४ मेगावाट विभिन्न प्रकृयाबाट आयात गरिने योजना रहेको छ। जस अनुसार कुल विद्युत उपलब्धता २३७२ मेगावाट हुने अनुमान गरिएको छ।
प्राधिकरणका अनुसार अघिल्लो वर्षको सुखायामको उच्चतम राष्ट्रिय विद्युत माग २२९२ रहेको थियो।
यी हुन् बाढीका कारण उत्पादन बन्द रहेका आयोजना :












