Thursday, August 27, 2026
spot_img
spot_img

बाढी प्रभावितको लागि अपि पावरद्वारा तत्काल ३५ लाख सहयोग

spot_img

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि अपि पावरले ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मार्फत आर्थिक सहयोग प्रदान गरेको छ ।

सरकारको कोषमा अपि पावर कम्पनीले ३५ लाख रुपैयाँ तत्काल सहयोग उपलब्ध गराएको हो । यो सहयोग रकमले तत्कालै  प्रभावित नागरिकहरूको खोज र उद्धारमा सहयोग पुग्ने विश्वास कम्पनीकी अध्यक्ष सिर्जना खड्काले व्यक्त गरेकी छिन्। उनले खोज र उद्दार कार्यपछि प्रभावितहरुको दीर्घकालीन पुनर्स्थापनाका लागि समेत आवश्यक अनुसार थप सहयोगको लागि कम्पनी तत्पर रहेको बताएकी छिन्।

अपि पावरले बाढीका कारण विभिन्न जलविद्युत आयोजना र अन्य संरचनामा भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ । अपि पावरले ज्यान गुमाउने सम्पूर्णप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरेको छ ।

अपि पावरले विभिन्न जलविद्युत आयोजनाका कर्मचारीसहित सम्पूर्ण बेपत्ता नागरिकहरूको तत्काल खोजी र उद्धारको लागि सम्बन्धित निकायसँग जोडदार आग्रह गरेको छ । अपि पावरले यस विषम् परिस्थितिमा थप जनधनको क्षति हुन नदिन अधिकतम् सावधानी अपनाउँदै आ–आफ्नो क्षेत्रबाट खोज, उद्धार र राहतमा सक्दो सहयोग गर्न पनि सबैमा आग्रह गरेको छ ।

अपि पावर कम्पनीले हाल ५६ मेगावाट क्षमताका जलविद्युत आयोजना र ६ मेगावाट क्षमताका सौर्य आयोजना निर्माण सम्पन्न गरि नियमित विद्युत उत्पादन गरिरहेको छ । साथै एक दर्जन वटा सहायक कम्पनीहरु मार्फत विभिन्न जलविद्युत , कृषि, पर्यटन र पूर्वाधार क्षेत्रमा पनि काम गरिरहेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

चीनले भन्यो ‘ भोटेकोशीमाथि अर्को ठूलो ताल बनेको छ, ३ दिनभित्र फुट्न सक्छ’

चीनको जलस्रोत मन्त्रालयले नेपालमा छोचेन खोला र पुरेपु साङपो...

भयानक बाढीपछि ग्यास, इन्धन र नुनको अभाव हुन नदिन कस्तो छ तयारी ?

बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको भयानक बाढीले राजमार्ग...

३० लाखमै आयो नयाँ नामी बक्स

नेपालका लागि डोङफेङको आधिकारिक बिक्रेता एमएमडब्लू वृद्धि मोटोकर्पले ‘नामी...

उद्धार तथा राहत कार्यमा सक्रिय रूपमा जुट्न सदस्यहरुलाई महासंघको आग्रह

नेपाल उद्योग वाणिज्य महासंघले भदौ १० गते तिब्बत क्षेत्रबाट...

ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको लागि ५ करोड रुपैयाँ सहयोग

ग्लोबल आइएमई बैंक लिमिटेडले भोटेकोशी नदीमा आएको भीषण आकस्मिक...

वायुसेवा सञ्चालक संघले भन्यो, ‘एयरलाइन्सले बढी भाडा लिएका छैनन्’

वायुसेवा संचालक संघले एयरलाइन्स कम्पनीहरुले तोकिएको भन्दा बढी हवाई...