Thursday, August 27, 2026
spot_img
spot_img

रसुवागढी हाइड्रोले भन्यो ‘आयोजनामा ठूलो क्षति भयो, अधिकांश कर्मचारीको अवस्था अज्ञात छ’

spot_img

रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले हिजो बुधबार भोटेकोशी नदीमा आएको भीषण बाढीको कारण आयोजनामा ठूलो क्षति भएको जनाएको छ ।  कम्पनीद्धारा रसुवा जिल्लाको गोसाइकुण्ड गाउँपालिका वडा नं. १ र २ को सिमानामा निर्माण सम्पन्न १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनामा बाढीले ठूलो क्षति पुर्याएको हो ।

कम्पनीका अनुसार बुधबार विहान आयोजनाको श्रोत नदी भोटेकोशीमा आएको ठूलो बाढीका कारण आयोजनाको बाँधस्थल, आवासगृह तथा जलविद्युत केन्द्रका अधिकांश संरचनाहरुमा ठूलो क्षति पुगेको प्रारम्भिक जानकारी प्राप्त भएको छ । जलविद्युत केन्द्रमा हाल कार्यरत अधिकांश कर्मचारीहरुको अवस्था समेत अज्ञात रहेको कम्पनीले जनाएको छ।

उक्त काबु बाहिरको अकल्पनिय परिस्थितिका कारण हालका लागि जलविद्युत केन्द्रबाट विद्युत उत्पादन बन्द हुनपुगेको कम्पनीले उल्लेख गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?

आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला...

३ सय बस यात्रुसहित हराइरहेका छन्ः महासंघ

भोटेकोशीमा आएको भिषण बाढीमा करिब ३ सय यात्रुबाहक बस...

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...