spot_img

काठमाडौंका यी स्थानमा ३ दिन साढे ३ घण्टा बिजुली नआउने

spot_img

काठमाडौंका विभिन्न स्थानमा तीन दिनसम्म हरेक दिन साढे तीन घण्टा विद्ययुत आपूर्ति बन्द हुने भएको छ ।

स्यूचाटार सवस्टेशनदेखि मातातीर्थ सवस्टेशनसम्मको १३२ के.भी. लाइनको पुरानो तार परिवर्तन गर्न विद्युत आपूर्ति बन्द गर्न लागिएको हो ।

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै उक्त कार्यका लागि कुलेश्वर वितरण केन्द्र अन्तर्गतका थानकोट फिडर र सतुंगल फिडरका स्थानमा आपूर्ति बन्द हुने जानकारी दिएको छ । ती क्षेत्रमा बिहान साढे ९ बजेदेखि दिउँसो एक बजेसम्म आपूर्ति बन्द गरिनेछ ।

थानकोट फिडरअन्तर्गत चन्द्रागिरी नगरपालिका वडा नं. १४ को कार्यालय आसपास, बालकुमारी मन्दिर, सशस्त्र प्रहरी बल कार्यालय, सिजी, पुरानो नैकाप, बलम्बु, चुनदेवी, खहरे, दहचोक, ढुङ्गेधारा, ब्राईट फ्युचर, बाईछाप, यातायात, दाउरा डिपो, हाईभिजन कोलोनी, पशुविकास, श्रृजना चोक क्षेत्र रहेका छन् भने सतुंगल फिडर धौलागिरी गेट आसपास, सिंचाफाँट, शिबमन्दिर आसपासका क्षेत्रमा आपूर्ति बन्द हुनेछ ।

प्राधिकरणले मौसम प्रतिकूल रहेमा हाल निर्धारण गरिएको समय हेरफेर हुन सक्ने बताएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...