Monday, June 8, 2026
spot_img

वरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्दै इप्पान, साधारणसभामा प्रस्ताव लगिने

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने भएको छ ।इप्पानको आज बसेको बैठकले इप्पान विधान २०७८ लाई संशोधन गरी  बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने व्यवस्थाको अन्त्य गर्ने, विधान संशोधन भए पश्चात एक कार्यकाल कार्य समितिमा रहेका विधान अनुसार योग्य भएका व्यक्ति अध्यक्षको उम्मेदवार हुन पाउने तथा अन्य सबै पदमा खुल्ला रुपमा उम्मेदवारी दिने गरी प्रस्ताव लैजान लागेको अध्यक्ष गणेश कार्कीले जानकारी दिएका हुन् ।

अध्यक्ष कार्कीका अनुसार आजको बैठकले यहि जेठ २९ गते हुने २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन भव्य रुपमा सफल बनाउने गरि सर्वसम्मत रुपमा सबै चुनावी प्रक्रियामा सहभागी हुने निर्णय पनि इप्पानले गरेको छ।

२०८० साल जेष्ठ ३२ गते सम्पन्न इप्पानको २१ औ बार्षिक साधारणसभाले भानुभक्त पोखरेल संयोजकत्वमा ५ सदस्यीय विधान संशोधन तथा पुर्नलेखन समिति गठन भएको र सो समितिले २०८२ साल जेष्ठ २९ गते विधानको पुर्नलेखन सम्बन्धमा संस्थालाई महासंघको रुपमा रुपान्तरण गर्ने मस्यौदासहितको सुझाव पेश गरेको थियो । र उक्त समितिको प्रतिवेदनमाथि छलफल २०८२ साल असार ३१ गते सम्पन्न इप्पानको २३ औ बार्षिक साधारणसभाले सो को कार्यान्वयन गर्न संस्थाका अध्यक्षलाई अख्तियारी दिएको थियो । अध्यक्षले उक्त महासंघ बनाउन नसक्ने गरी २०८३ साल बैशाख ४ गते सम्पन्न २०० औ कार्य समितिको बैठकले इप्पानको विधान २०७८ अनुसार २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय गरेको पनि इप्पानले जनाएको छ ।

२०८३ साल बैशाख ४ गते सम्पन्न बैठकले सर्वसम्मतबाट आगामी २४ औ साधारणसभा एवं आठौ अधिवेशन गर्ने निर्णय कार्य समितिले गरेको तथा समितिले विधान मस्यौदाबारे सबै व्यक्तिहरु (छलफलको क्रममा औपचारिक रुपमा १५ जना) ले दिएको सुझावसहितको पोखरेल संयोजकत्वको विधान संशोधन तथा पुर्नलेखन मस्यौदा समितिको प्रतिवेदन इप्पान सचिवालयमा सुरक्षित रहेको अवस्थामा इप्पानकै उपमहासचिव रहेका प्रकाशचन्द्र दुलालले सार्वजनिक रुपमा विधान गायब भएको, विधान विपरित साधारणसभा आयोजना गर्न लागिएको जस्ता अर्नगल र कपोलकल्पित प्रचार गरेको भन्दै इप्पानले त्यसको घोर भत्र्सना गरेको छ।

आगामी २०८३ साल जेष्ठ २९ गते कार्य समितिको निर्णय बमोजिम र वैधानिक रुपमा साधारणसभा एवं आठौ अधिवेशन आयोजना गर्न लागिएको तथा यसका लागि औपचारिक रुपमा २०८३ साल जेष्ठ ९ र १० गते सार्वजनिक रुपमा सूचना समेत प्रकाशित गरिसकिएकोले यस्ता अर्नगल प्रचारप्रति भ्रममा नरहन तथा साधारणसभा एवं अधिवेशनलाई भव्य रुपमा सफल पार्न सक्रिय रुपमा सहभागी हुन इप्पानले अनुरोध गरेको छ।

इप्पानमा हाल ७०० भन्दा बढी कम्पनी सदस्य छन् । इप्पानले आगामी २०८३ साल जेष्ठ २९ गते इप्पानको २४ औ बार्षिक साधारणसभा एवं आठौ अधिवेशन हुन लागेको सम्पूणमा जानकारी गराउन चाहान्छौगर्न लागेको हो।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि...

BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि

नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम...

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योगको रुपमा लिटमस इन्डस्ट्रिज सम्मानित

लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ...

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड...

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र...
spot_img