spot_img

अघि बढ्यो खिम्तीको शेयर स्वामित्व हस्तान्तरण, वार्ता समिति पुर्नगठन

spot_img

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिले ६० मेगावाट क्षमताको खिम्ती जलविद्युत् केन्द्रको शेयर स्वामित्व हस्तान्तरण र आगामी दिनमा सञ्चालन तथा व्यवस्थापनका विषयमा छलफल अघि बढाउन बनेको वार्ता समितिको पुर्नगठन गरेको छ । प्राधिकरणका सञ्चालक समिति सदस्य अंशुकिरण शाहीको संयोजकत्वमा समिति पुर्नगठन गरिएको हो ।

समितिले आयोजनाको स्वामित्व, नयाँ विद्युत् खरिद सम्झौता (पीपीए), रोयल्टी तथा कर भुक्तानीलगायत विषयमा प्रवद्र्धक कम्पनीसँग वार्ता गर्नेछ ।

खिम्ती जलविद्युत् आयोजना निर्माण, सञ्चालन, व्यवस्थापन तथा हस्तान्तरण (बुट) मोडलअन्तर्गत हिमाल पावर लिमिटेडले प्रवद्र्धन गरेको हो । आयोजनाले २०५७ असार २७ गतेदेखि व्यावसायिक विद्युत् उत्पादन सुरु गरेको थियो । विद्यमान सम्झौताअनुसार व्यावसायिक उत्पादन थालेको २० वर्षपछि आयोजनाको ५० प्रतिशत स्वामित्व नेपाल विद्युत् प्राधिकरणमा हस्तान्तरण हुनुपर्ने व्यवस्था छ । तर, विविधकारणले सो हुन सकेको छैन । यससँगै आयोजनाबाट उत्पादित विद्युतको नयाँ खरिद दर निर्धारण, रोयल्टी तथा कर सम्बन्धी व्यवस्थालाई पनि टुंगो लगाउनुपर्नेछ ।

त्यस्तै प्राधिकरण सञ्चालक समिति सदस्य कृष्ण बसेलको संयोजकत्वमा प्रशासकीय पुनरावलोकन समिति पनि गठन गरिएको छ । उक्त समितिले विद्युत् महसुल, जरिवाना तथा प्रशासनिक निर्णयसँग सम्बन्धित विवादहरूको पुनरावलोकन र समाधानका लागि काम गर्नेछ ।

सञ्चालक समितिको बैठकले प्राधिकरणमा रिक्त रहेका विभिन्न पदमा पदपूर्तिको प्रक्रिया अघि बढाउन प्राधिकरणकै पूर्व उपकार्यकारी निर्देशक शान्तिलक्ष्मी शाक्यलाई विज्ञ सदस्यका रूपमा नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

साउनमा वाणिज्य बैंकको खुद नाफा ८ अर्ब ७३ करोड, कुनको कति ?

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना अर्थात् २०८३...

नदी तटीय क्षेत्रको शहरीकरण र विकास आयोजनाको मापदण्ड फेर्न सरकारलाई निर्देशन

संसदको अर्थ समितिले नदी तटीय क्षेत्रमा हुने शहरीकरण एवम्...

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न

होटेल सब्रिना लिमिटेडको आठौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त...

भारत, चीन र अमेरिका सहित १३ देशमा राजदुत सिफारिस

आज बसेको मन्त्रिपरिषद्को बैठकले १३ वटा देशमा राजदूत नियुक्ति...

गभर्नर पौडेलको दस्तखत रहेको ५० रुपैयाँको नयाँ नोट आजदेखि चलनचल्तीमा

नेपाल राष्ट्र बैंकले ५० रुपैयाँ दरको नयाँ नोट बजारमा...