हाइड्रो व्यवसायीलाई चुनाव लाग्यो, वरिष्ठ उपाध्यक्षमा ४ जना आकांक्षी

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान)भित्र चुनावी माहोल क्रमशः बढिरहेको छ । जेठ २९ गते साधारणसभा र निर्वाचनको मिति तोकिएपछि अहिले अध्यक्षबाहेकका पदमा आकांक्षीहरु खुलिरहेका छन् । इप्पानको आगामी अध्यक्ष हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः हुँदैछन् ।

अहिले वरिष्ठ उपाध्यक्ष, ५ जना उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष र सचिव पदका आकांक्षीहरु खुल्दैछन् । सदस्यका आकांक्षी पनि बढिरहेका छन् ।

हालसम्म वरिष्ठ उपाध्यक्षमा उत्तम ब्लोन, भरत खत्री, हिम पाठक र प्रकाश दुलाललाई आकांक्षीका रुपमा हेरिएको छ ।
त्यसैगरी उपाध्यक्षमा पनि ७ जनाभन्दा बढी आकांक्षी देखिएका छन् । उत्तर कुमार श्रेष्ठ, बलराम खतिवडा, सुशन कर्माचार्य, बिक्रम विष्ट, कविता कँडेल, विजय मोहन भट्टराई लगायतले उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । इप्पानमा ५ जना उपाध्यक्ष निर्वाचित हुने प्रावधान छ ।

‘यदि अहिले वरिष्ठ उपाध्यक्षका ४ जना आकांक्षीमध्ये अन्तिममा २ जनाबीच मात्रै प्रतिस्पर्धा हुने भयो भने बाँकी २ जना पनि उपाध्यक्षमै प्रतिस्पर्धा गर्ने हुन्’ इप्पान स्रोत भन्छ, ‘त्यसकारण उपाध्यक्षमा ८÷९ जना आकांक्षी पुग्न सक्छन् ।’
यस्तै, महासचिवमा हालसम्म टीएन आचार्य र मिथुन पौडेलको चर्चा छ । कोषाध्यक्षमा नरेन्द्र बल्लभ पन्त निर्विरोध हुने सम्भावना रहेको बताइन्छ । सचिव पनि ५ जना निर्वाचित हुनेछन् ।

सदस्यहरु १० जना (३ महिलासहित) निर्वाचित हुने प्रावधान रहेकोमा २० जना जति आकांक्षी देखिएका छन् । ‘कार्यसमितिमा प्रवेश गर्दा सदस्यबाटै गर्नुपर्ने प्रावधान रहेकाले अहिले जलविद्युत र ऊर्जा क्षेत्रका हाइप्रोफाइल व्यक्ति र ग्रुपहरुबाट सदस्यमा उम्मेदवारी पर्ने देखिएको छ’ स्रोत भन्छ ।

इप्पानले साधारणसभा प्रयोजनका लागि नयाँ सदस्यतासमेत खुला गरेको छ । जेठ १५ गतेसम्म सदस्यता प्राप्त गर्ने कम्पनीहरु (सदस्यहरु)ले मतदानसमेत गर्न पाउनेछन् । हाल इप्पानमा जलविद्युत र सोलार कम्पनी गरेर कुल ६ सय सदस्य छन् ।

डाँगीको समर्थन कसलाई ?
हालका वरिष्ठ उपाध्यक्ष मोहन डाँगी विधानको प्रावधान अनुसार अब आगामी ३ वर्षका लागि इप्पानको अध्यक्ष बन्दै छन् । अहिले विभिन्न पदका आकांक्षीहरु उनलाई भेट्न र समर्थन गरिदिन अनुरोधसहित पुग्ने गरेका छन् । तर, डाँगीले ‘म स्वतः अध्यक्ष हुँदैछु, मैले कसैलाई पनि यो मेरो उम्मेदवार हो, यो मेरो होइन भनेर भन्न मिल्दैन । मैले यो भन्न थाले भने संस्थाभित्र एकता हुँदैन’ भन्दै आफू तटस्थ बस्ने बताएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

विद्युत प्राधिकरणले भारततर्फ ११९८ मेगावाट विद्युत निर्यात गर्न पायो अनुमति

नेपाल विद्युत प्राधिकरणले द्धिपक्षीय मध्यकालीन विद्युत बिक्री सम्झौताअन्तर्गत निर्यातका...

२० वटा इन्टरनेट सेवा प्रदायकले नवीकरण गरेनन् लाईसेन्स, ९ वटाले बक्यौता तिर्न बाँकी

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो...

१० करोड लगानीमा बागलुङमा खुल्यो ‘होटल आँगन’

धार्मिक, सांस्कृतिक, प्राकृतिक तथा साहसिक पर्यटनको प्रचुर सम्भावना बोकेको...

आशुतोष इनर्जीले मङ्सिर १४ गतेदेखि आईपीओ निष्काशन गर्ने

आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि पहिलो चरणको आईपीओ...

अहिलेनै छ हाइड्रोको आईपीओमा ५० प्रतिशत प्रगतिको व्यवस्था, तर किन भइरहेको छ विरोध?

सरकारले कम्तिमा ५० प्रतिशत भौतिक प्रगति हासिल गरेका जलविद्युत्...

एक महिनामा साढे ३२ हजारले घट्यो सुनको भाउ, अझै घट्ने सम्भावना कति ?

आज मंसिर ३ गते नेपाली बजारमा छापावाल सुनको भाउ...