spot_img

डेडिकेटेड ट्रंकलाइन विवादः अर्थमन्त्री र ऊर्जामन्त्रीको सक्रियता

spot_img

डेडिकेटेड र ट्रंकलाइनको महशुल विवाद समाधानका लागि उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेल र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्काले सक्रियता बढाएका छन् । उद्योगीहरुसँग दूबै मन्त्रीहरुले यसबारे छलफल गरेका छन् ।

अर्थमन्त्री पौडेलले उद्योगीहरुलाई त्रसित बनाउने र धम्क्याउने काम सरकारबाट नहुने भन्दै यदि कसैले गैरकानुनी रुपमा पैसा अशुल्नु पर्छ भन्छ भने त्यस्तो प्रयास सफल नहुने बताएका छन् । अब यस विषयलाई लिएर उद्योगीहरु प्रधानमन्त्री कार्यालय, अर्थ मन्त्रालय वा अरु कुनै निकायमा ‘डेलिगेशन’ आउन नपर्ने गरि समस्या समाधान गर्ने अर्थमन्त्रीको आश्वासन छ ।

‘डेडिकेटेड र ट्रंकलाइन विवाद कसरी समाधान गर्ने भनेर प्रधानमन्त्रीबाटै सरकारको स्पष्ट दृष्टिकोण आइसकेको छ, यो विषयलाई उद्योगी साथीहरुले अब त्रास र आतङ्कका रुपमा नलिनुस्’ अर्थमन्त्रीले भने, ‘गैरकानुनी ढङ्गले सरकारले कुनैपनि दायित्व सिर्जना गर्दैन, यदि कसैले गैरकानुनी रुपले उद्योगीलाई दायित्व सिर्जना गर्न खोजेको छ भने त्यो कोसिस सफल हुँदैन । यो समस्या समाधान गर्नका लागि केही समय लागेपनि अब डेलिगेशन आइरहनुपर्ने अवस्था रहँदैन ।’

यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री दीपक खड्काले पनि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ र उद्योगीहरुलाई एकै ठाउँमा राखेर छलफल गरेका छन् । छलफलमा उद्योगीहरुले महुशल तिर्ने कुनै आधार र प्रमाण नभएको दोहो¥याएका छन् भने घिसिङले मन्त्रिपरिषदले निर्णय गरेर बक्यौता उठाउन दिएको निर्देशन आफूले पालना गरेका बताएका छन् ।

विवाद सुरु भएको वर्षौ भइसक्दा पनि उद्योगी र प्राधिकरणको नेतृत्व एकै ठाउँमा बसेर छलफल गरेका थिएनन् । ऊर्जामन्त्री खड्काले दूबै पक्षलाई एकै ठाउँमा राखेर दूबै पक्षका कुरा सुनेका छन् । अब फेरि केही दिनमै दूबै पक्षसँगै पुनः छलफल गर्ने मन्त्री खड्काको भनाइ छ । उनले अब अर्को पटक छलफलमा बस्दा समाधानको ‘मध्यमार्गी बाटो’सहित छलफलमा गर्नुपर्ने भन्दै यस्तो मध्यमार्गी उपाय के हुन सक्छन् भन्ने बारे आन्तरिक गृहकार्य गर्न दूबै पक्षलाई अनुरोध गरेका छन् ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ बैशाखको डेडिकेटेड फिडर तथा ट्रंकलाइनमार्फत विद्युत उपयोग गरेबापतको बक्यौता तिर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । असार ९ र १० गते प्राधिकरणले १५ दिनको समयसीमा तोकेर उद्योगहरुलाई ६ अर्ब ६० करोड ७८ लाख रुपैयाँको बक्यौता तिर्न पत्र पठाएको थियो । तर, प्राधिकरणले दिएको समयसीमा भित्र उद्योगीहरु बक्यौता तिर्न नआएपछि प्राधिकरणले उद्योगमा लाइन काट्न थालेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नगद छुट र स्क्र्याच कार्डमार्फत पुरस्कारसहित “Hyundai Festive Drive २०८३’ घोषणा

नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि....

तीजको दिन कति छ सुनचाँदीको भाउ ?

आज सोमबार, हरितालिका तीजको दिन सुनचाँदीको भाउ घटेको छ...

आज ४ कम्पनीको लाभांश घोषणा, कुनको कति ?

आज भदौ २९ गते सोमबार ४ वटा सूचीकृत कम्पनीले...

ओम्स नेपाल बागमती प्रदेशको अध्यक्षमा एल.बी. मोक्तान

बजार व्यवस्थापन तथा बिक्री कर्मचारी संघ (ओम्स) नेपाल बागमती...

बाढी प्रभावित परिवारले मासिक १५ हजार पाउने

सरकारले भोटेकोशी बाढी प्रभावितको लागि मासिक नगद रकम उपलब्ध...