Monday, July 13, 2026
spot_img

बाराही हाइड्रोको आयोजनाबाट विद्युत उत्पादन पुन: सुचारु

spot_img

बाराही हाइड्रोको आयोजनाबाट विद्युत उत्पादन पुन: सुचारु भएको छ । २०८१ साउन १ गते बिहान २ बजेदेखि आयोजनाबाट आंशिक रुपमा विद्युत उत्पादन थालिएको कम्पनीले जनाएको छ।

कम्पनीले  बाग्लुङ्ग जिल्ला, जैमिनी नगरपालिकाको कुश्मीसेरा स्थित ठेउले खोलामा संचालन गरिरहेको १.५ मेगावाट क्षमताको ठेउले खोला जलविद्युत आयोजना मर्मतपछि आंशिक रुपमा विद्युत उत्पादन थालेको हो।

अविरल बर्षापछि आएको बाढीको कारण  आयोजनामा क्षति पुगेपछि २०८१ असार २२ गतेबाट आयोजनाको विद्युत उत्पादन पूर्णरुपमा बन्द भएको थियो। बाढीले खोलाको दायाँ तर्फको करिब २०० मिटर माथिबाट आएको पहिरोले इन्टेक र Gravel Trap को बिचको संरचनामा क्षति पूऱ्याएको थियो । साथै विद्युत गृहमा पानी पठाउने बाटो पनि अवरुद्ध भएको थियो ।

मर्मतपछि आंशिक रुपमा विद्युत उत्पादन सुरु गरिएको कम्पनीले जनाएको छ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

जुलाईभरि HONOR 600 र HONOR 600 Pro खरिद गर्दा स्मार्टवाच सित्तैमा

स्मार्टफोन कम्पनी HONOR ले HONOR 600 र HONOR 600...

दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त

नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा अर्जुन घिमिरे नियुक्त भएका छन्...

पासपोर्ट व्यवस्थापनमा आजदेखि नयाँ प्रणाली

राहदानी विभागले आजदेखि नयाँ राहदानी उत्पादन तथा व्यवस्थापन प्रणालीमार्फत...

टाइम फर्मास्यूटिकल्स आईपीओ: QII को लागि ५०० देखि ७५० रुपैयाँसम्म हुने गरि मूल्य निर्धारण

टाइम फर्मास्यूटिकल्स लिमिटेडले बुक विल्डिङ्ग बिधि मार्फत निष्काशन हुने...

सर्वोत्तम पेन्ट्सको शेयर डिम्याट गराउन सम्झौता

सर्वोत्तम पेन्ट्स इण्डष्ट्रिज लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन...

घट्यो सुनचाँदीको मूल्य

आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला...
spot_img