Saturday, July 11, 2026
spot_img

कुलमान घिसिङ ऊर्जा मन्त्री नियुक्त भएकोमा इप्पानद्वारा खुसी व्यक्त

spot_img
स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पानले नव नियुक्त ऊर्जा, जलस्रोत तथा सिचाईसहित भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको मन्त्री कुलमान घिसिङलाई बधाई ज्ञापन गर्दै कार्यकालको पूर्ण सफलताको कामना गरेको छ।
घिसिङ मन्त्री नियुक्त भएकोमा इप्पानले खुसी व्यक्त पनि गरेको छ। नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी पूरा गरि लामो समयसम्म ऊर्जा क्षेत्रमै सकृय भएर यस क्षेत्रबारे अनुभव र ज्ञान हासिल गरेका घिसिङ मन्त्री नियुक्त भएकोमा इप्पानले खुसी व्यक्त गरेको हो ।
घिसिङको कार्याकालमा नेपालको ऊर्जा क्षेत्रको विकास र विस्तारमा ठूलो योगदान पुग्नुका साथै ऊर्जा क्षेत्रमा सहभागी निजी क्षेत्रलाई अझ बढी उत्साहित र उच्च मनोबलका साथ काम गर्ने वातावरण निर्माण हुने अपेक्षा इप्पानले व्यक्त गरेको छ। सम्पुर्ण ऊर्जा क्षेत्रकाे लागि घिसिङको कार्यकाल स्वर्णिम कार्यकाल हुने विश्वास पनि इप्पानले व्यक्त गरेको छ।
 आगामी दिनमा पनि विगतमा जस्तै हातेमोलो र सहकार्य गर्न तयार रहेको इप्पानले जनाएको छ।
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

आधा पनि खर्च भएन विकास बजेट

चालु आर्थिक वर्षको पुँजीगत बजेट आधा पनि खर्च हुन...

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...
spot_img