‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने

spot_img
spot_img

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् । त्यस क्रममा नेपाल र भारतका उद्यमी व्यवसायीसहित ‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’को आयोजना हुनेछ । उक्त कार्यक्रम भारतको नयाँ दिल्लीस्थित होटल ताजमहलमा २२ नोभेम्बरमा आयोजना हुने तय भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

तर, बिजनेस राउन्डटेबलमा नेपालको तर्फबाट सरकारका दुइ मन्त्री र व्यावसायिक नेतृत्वको प्रतिनिधित्व रहे भए पनि भारतीय पक्षबाट उच्चस्तरीय सहभागिता भने नहुने भएको छ । सार्वजनिक भएको कार्यक्रम तालिकाअनुसार नेपालका तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, लगानी बोर्ड नेपालकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याब, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठ र महासंघकी पूर्वअध्यक्ष एवम् इन्डिया–नेपाल जोइन्ट बिजनेस फोरमकी सह–अध्यक्ष भवानी राणा सहभागी हुने छिन् ।

तर, भारतीय पक्षबाट भने सरकार र निजी क्षेत्र दूबैबाट उक्त कार्यक्रममा उच्चस्तरीय सहभागीता नहुने देखिएको छ । कार्यक्रम तालिकामा उक्त राउन्डटेबलमा भारत सरकारका कुनै मन्त्री सहभागी हुने उल्लेख छैन । यति मात्रै होइन, भारतीय उद्यमी व्यवसायीको छाता संस्था भारतीय उद्योग परिसंघ (सीआईआई)का पदाधिकारीको नाम पनि औपचारिक वक्ताको सूचीमा छैन । कार्यक्रममा भारतीय पक्षबाट सीआईआईको इन्टरनेशनल काउन्सिल समितिका सहअध्यक्ष तथा सन इन्टरनेशनल लिमिटेडका अध्यक्ष विक्रमजीत सिंह साहने वक्ताका रुपमा राखिएका छन् ।

परराष्ट्रय मन्त्रालयले नेपाल र भारतबीच दुइपक्षीय लगानी, व्यापार र आर्थिक कुटनीति विस्तार गर्ने लक्ष्यसहित उक्त कार्यक्रम आयोजना हुने जनाएपनि राउन्डटेबलमा भारतीय पक्षको उच्च नेतृत्व सहभागी नहुने भएपछि यसले अपेक्षित लाभ हुनेमा आशंका उत्पन्न गराएको छ ।

यस्तो छ कार्यक्रम तालिकाः

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...

प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी...

एमसीसी अन्तर्गतको न्यू बुटवल–न्यू दमौली प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० के.भी....

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणमा नेपालको...

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने अवसर बन्नुपर्छः मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्री...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...