प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने अवसर बन्नुपर्छः मल्ल

spot_img
spot_img

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणलाई नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने ऐतिहासिक अवसरका रूपमा उपयोग गर्नुपर्ने बताएका छन् । आइतबार प्रधानमन्त्री भारत भ्रमणमा जाँदै गरेको पूर्व सन्ध्यामा निवर्तमान अध्यक्ष मल्लले प्रधानमन्त्रीको भ्रमण औपचारिकतामा सिमित नभई भारतसँगको आर्थिक कुटनीतिलाई बढावा दिने अवसरका रुपमा उपयोग गरिनुपर्ने धारणा राखेका हुन् ।

भारतसँगको करिब साढे ९ खर्ब भन्दा बढीको व्यापार घाटा रहेको स्मरण गर्दै उनले यो व्यापार घाटा न्यूनीकरण, जलविद्युत् निर्यात, भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि थप हवाई प्रवेश मार्ग, भारतीय पर्यटक आकर्षण तथा उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्न दुइ देशबीच ठोस सहमति निर्माण गरिनुपर्ने उल्लेख गरेका छन् ।

साथै, हवाई कनेक्टिभिटीसँगै गुणस्तरीय रेलमार्ग विस्तारलाई पनि उच्च प्राथमिकता दिनुपर्ने भन्दै उनले नेपालमा प्रशस्त जलविद्युत् सम्भावना र चिसो हावापानी भएका स्थानको उपयोग गरी डाटा सेन्टर निर्माण, एआई तथा आईटी सेवा विकास र अन्तर्राष्ट्रिय बजारमा आईटी सेवा निर्यातलाई प्राथमिकता दिनुपर्ने समेत बताएका छन् ।

मल्लले कुटनीति अब औपचारिकतामा मात्र नभई व्यापार, लगानी, प्रविधि, रोजगारी र राष्ट्रिय समृद्धिको ठोस परिणाममा देखिनुपर्ने जनाएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

‘इन्डिया–नेपाल बिजनेस राउन्डटेबल’मा भारतीय पक्षबाट राजनीति र निजी क्षेत्रको नेतृत्व सहभागी नहुने

प्रधानमन्त्री बालेन्द्र शाह आइतबार अपरान्ह भारत भ्रमणमा जाँदैछन् ।...

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...

प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी...

एमसीसी अन्तर्गतको न्यू बुटवल–न्यू दमौली प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० के.भी....

प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणमा नेपालको...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...