प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना उद्योगी व्यवसायी पनि भारत जाने भएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार निजी क्षेत्रका उद्योगी व्यवसायीहरु आफ्नै खर्चमा भारत जान लागेका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल–भारत उद्योग वाणिज्य संघ, स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था नेपाल (इप्पान) लगायतका व्यावसायिक संगठनबाट ५२ जना उद्यमी व्यवसायीहरु भारत जान लागेका हुन् । उनीहरुले आफ्नो खर्च आफैँले ब्यहोर्ने छन् ।
प्रधानमन्त्री शाह ३४ सदस्यीय नेपाली प्रतिनिधिमण्डलसहित आइतबार दिउँसो १ः४५ बजे भारत प्रस्थान गर्नेछन् भने सोमबार साँझ ६ः३५ बजे स्वदेश फर्किने तय भएको छ ।










