प्रधानमन्त्रीको भारत भ्रमणमा नेपाली पूँजी बजारको प्रतिनिधित्व गर्दै सागर ढकाल

spot_img
spot_img

प्रधानमन्त्री बालेन्द्र शाहको दुई दिने राजकीय भारत भ्रमणमा नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै स्टक ब्रोकर एसोसिएसन अफ नेपालका अध्यक्ष सागर ढकाल पनि सहभागी हुने भएका छन् । प्रधानमन्त्रीको भ्रमणलाई राजनीतिक तथा कूटनीतिक सम्बन्ध विस्तारसँगै आर्थिक सहकार्य र लगानीका नयाँ सम्भावना खोज्ने अवसरका रूपमा हेरिएका बेला पूँजी बजार क्षेत्रका नेतृत्वकर्ता ढकालको सहभागितालाई पनि अर्थपूर्ण रूपमा हेरिएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका ढकाल प्रधानमन्त्रीसँग भारत जाने ५२ सदस्यीय व्यावसायिक प्रतिनिधिमण्डलमा समेटिएका छन् । उनी नेपालको पूँजी बजार क्षेत्रको प्रतिनिधित्व गर्दै भारत जाने व्यवसायीमध्ये एक हुन् ।

नेपालको पूँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र लगानीमैत्री बनाउने विषय अहिले आर्थिक क्षेत्रको महत्त्वपूर्ण एजेन्डा बनेको छ । पूँजी परिचालन, लगानीकर्ताको विश्वास अभिवृद्धि र वित्तीय क्षेत्रको विकासमा नीतिगत सहकार्य आवश्यक भइरहेका बेला भारतीय बजार र त्यहाँको वित्तीय क्षेत्रसँग अनुभव आदानप्रदान गर्ने अवसरका रूपमा उनको भ्रमणलाई लिइएको छ ।

भारत नेपालको सबैभन्दा ठूलो व्यापारिक साझेदार हुनुका साथै बैंकिङ, वित्तीय सेवा र पूँजी बजारको क्षेत्रमा पनि महत्त्वपूर्ण अनुभव भएको मुलुक हो । यस्तो अवस्थामा भारतीय व्यावसायिक तथा वित्तीय क्षेत्रका प्रतिनिधिसँग हुने संवादले नेपालको पूँजी बजारको सम्भावना र चुनौतीलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अवसर प्रदान गर्न सक्छ ।

प्रधानमन्त्रीको भ्रमणका क्रममा आयोजना हुने नेपाल–भारत बिजनेस फोरममा दुई देशबीच व्यापार, लगानी, औद्योगिक साझेदारी तथा आर्थिक सहकार्य विस्तारका विषयमा छलफल हुनेछ । यसले निजी क्षेत्रका प्रतिनिधिलाई भारतीय लगानीकर्ता तथा व्यवसायीसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्ने अवसरसमेत दिने अपेक्षा गरिएको छ ।

नेपालको पूँजी बजारमा संस्थागत सुधार, लगानीको दायरा विस्तार र नयाँ वित्तीय उपकरणको विकासका विषयमा बहस भइरहेका बेला भारत भ्रमणलाई अनुभव आदानप्रदान तथा सम्भावित सहकार्यका दृष्टिले उपयोग गर्न सकिनेछ र यसमा ढकालको सहभागिताले पूँजी बजार क्षेत्रका मुद्दालाई पनि आर्थिक कूटनीतिको बहससँग जोड्ने अवसर दिएको यस क्षेत्रका जानकारहरु बताउँछन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

हप्ता दिनमै २६ हजार ३ सयले घट्यो सुनको भाउ

नेपाली बजारमा पछिल्ला दिनमा सुनको भाउ हरेक दिन घटिरहेको...

प्रधानमन्त्रीसँग भारत जाने उद्योगी व्यवसायीको सूची हेरफेर, को थपिए ? को हटाइए ? (नाम र तस्बिरसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट जाने उद्योगी...

एमसीसी अन्तर्गतको न्यू बुटवल–न्यू दमौली प्रसारण लाइन निर्माण सुरु

एमसीए–नेपालले न्यू बुटवल सबस्टेशनदेखि न्यू दमौली सबस्टेशनसम्मको ४०० के.भी....

प्रधानमन्त्रीको भारत भ्रमण नेपालको आर्थिक कुटनीति सुदृढ गर्ने अवसर बन्नुपर्छः मल्ल

नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले प्रधानमन्त्री...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज मङ्सिर ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ७...

प्रधानमन्त्रीसँग भारत जाने ५२ जना उद्योगी–व्यवसायीको टोलीमा मालपानीसहित को को छन् ? (नामसहित)

प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणका क्रममा नेपालबाट ५२ जना...